सिकाइ समस्या

बुधबार, ०४ बैशाख २०७६, ०८ : ५१ ओम बानियाँ

सबै बालबालिकाको रूप, रङ, शारीरिक बनावट तथा चालढाल एकनास हुँदैन। उनीहरूमा पढ्ने, लेख्ने तथा सिक्ने क्षमता पनि फरक–फरक हुन्छ। कसैले छिटो सिक्छन्, कसैले ढिलो। कुनै बालबालिकालाई त पढाइलेखाइ गर्न निकै गाह्रो पर्छ। पढाइलेखाइ सुरु गर्दा बालबालिकामा देखापर्ने समस्यालाई डायोग्नोस्टिक एन्ड स्टास्टिकल मेनुअल अप मेन्टल डिसअर्डर (डिएसएम)ले एक मानसिक समस्या, सिकाइ विकृति (लर्निङ डिसअर्डर) भनेको छ। 

डिएसएमको परिभाषालाई सही मान्ने हो भने बालबालिकाको पढ्ने, लेख्ने तथा गणित हल गर्ने क्षमता सोही उमेरका अन्य बालबालिकाको भन्दा कम भयो भने त्यसलाई सिकाइ विकृति(लर्निङ डिसअर्डर) भनिन्छ। डिएसएम भन्छ– यस समस्याले बालबालिकाको शैक्षिक उपलब्धिका साथै लेख्ने, पढ्ने तथा गणितीय समस्या समाधानस“ग सम्बन्धित दैनिक क्रियाकलापमा समेत प्रत्यक्ष प्रभाव पार्छ। तर डिएसएमले सेन्सरी डिफिसिट्स (जस्तैः आँखा तथा नाक आदिको समस्या)बाट उत्पन्न पढाइलेखाइसम्बन्धी समस्यालाई सिकाइ विकृतिअन्तर्गत राखेको छैन। यदि सिकाइ विकृति भएका बालबालिकामा सेन्सरी डिफिसिट्स समस्या पनि छ भने झनै गम्भीर मानेको छ। 

लर्निङ डिसअर्डरलाई पहिला शैक्षिक दक्षता विकार (एकाडेमिक स्किल्स डिसअर्डर) तथा लर्निङ डिसएबेलिटिज भन्ने गरिन्थ्यो। तर अहिले डिएसएमले यसलाई लर्निङ डिसअर्डर भनेर नयाँ आकर्षक नाम दिएको छ। र, यसअन्तर्गत  पठन विकृति (रिडिङ डिसअर्डर), गणित विकृति (म्याथमेटिक्स डिसअर्डर), लेखन विकृति (राइटिङ डिसअर्डर) तथा अन्य सिकाइ विकृतिलाई समावेश गरेको छ।  डिएसएमको परिभाषाअनुसार पठनपाठनस“ग सम्बन्धित कठिनाइ पठन विकृति(रिडिङ डिसअर्डर) हो। यदि कुनै बालबालिकामा पठनपाठन (शुद्ध र उपयुक्त गतिमा पढ्ने) क्षमता सोही उमेरका अरूमा भन्दा निकै कम देखियो भने त्यो रिडिङ डिसअर्डर हो जसको एउटा आकर्षक उदाहरण हो– डिस्लेक्सिया। 

 डिएसएमका अनुसार यो समस्यास“गै म्याथमेटिक्स तथा राइटिङ डिसअर्डरसमेत देखापर्न सक्छ। वास्तवमा यो समस्यास“गै गणित वा लेखनमध्ये कुनै एक समस्या नदेखिनु दुर्लभ मानिन्छ। लर्निङ डिसअर्डरका ५ रोगीमध्ये ४ जना यो समस्याबाट पीडित हुन्छन्। डिस्लेक्टिक बालबालिका कस्ता हुन्छन् भन्ने जानकारीका लागि हिन्दी फिल्म ‘तारे जमिन पर’ हेर्न सकिन्छ।

आफ्ना बालबालिका पढाइलेखाइमा निकै कमजोर छन् भने समयमै मनोचिकित्सस“ग सम्पर्क गर्नुपर्छ।

यसैगरी बालबालिकामा गणित हल गर्ने क्षमता तुलनात्मक रूपमा कम छ भने त्यसलाई गणित विकृति (म्याथमेटिक्स डिसअर्डर) भनिएको छ। र, यस्तो समस्याले बालबालिकाको शैक्षिक उपलब्धि तथा हिसाबकिताबस“ग सम्बन्धित दैनिक क्रियाकलापमा समेत प्रभाव पार्छ। यो समस्या प्रायः पठन विकृति तथा लेखन विकृतिसँगै देखापर्छ। जसलाई चिकित्सकीय भाषामा डिसक्यालकुलिया भनिन्छ। उक्त समस्याबाट ग्रस्त बालबालिकाले लेख्दा शुद्धाशुद्धमा धेरै गल्ती गर्छन्। यसलाई डिसग्राफिया भनिन्छ। उपर्युक्त तीन प्रकारमा नपरेका सिकाइ विकृतिलाई डिएसएमले अन्य सिकाइ विकृतिअन्तर्गत राखेको छ। 

कारण के हो ?
डिएसएमका अनुसार सिकाइ विकृतिका अनेक कारण हुन सक्छन्। तर प्रमुख कारण जैविक हो। जसलाई मनोवैज्ञानिक कारणले जटिल मानसिक रोग बनाइदिएको हुन्छ। एडिएचडीबाट पीडित ७० प्रतिशत बालबालिकामा पनि लर्निङ डिसअर्डर देखापर्छ। तीमध्ये धेरै बालबालिकाले डिप्रेसन अनुभव गर्छन्, आफूलाई अक्षम ठान्छन्। साधारणतया यो समस्या भएका बालबालिका र सामान्य बालबालिकामा कुनै फरक देखिँदैन, हेरेर यो समस्या पहिचान गर्न सकि“दैन।
डिएसएमलाई आधार मान्ने हो भने नेपालमा ५ देखि १० प्रतिशतसम्म स्कुले बालबालिका यस समस्याबाट पीडित भएको अनुमान गर्न सकिन्छ। तसर्थ १ हजार विद्यार्थी भएको स्कुलमा कम्तीमा ५० देखि १०० जनासम्म सिकाइ विकृतिबाट पीडित हुनसक्ने सम्भावना छ।  
मानसिक दुर्बलताले बालबालबालिका सबै प्रक्रियामा प्रभाव पार्छ भने लर्निङ डिसअर्डरले कुनै विशेष क्षमतामा असर पु¥याउँछ। जस्तोः कुनै बालक गणितको समस्या हल गर्न तथा संगीत सिक्न अब्बल देखिन्छ भने किताब पढ्न उसलाई निकै गाह्रो हुन्छ। यसैगरी कुनै बालिका धाराप्रवाह पढ्न सक्छिन् तर गणितको प्रश्न हल गर्न उनलाई निकै कठिन हुनसक्छ।  
अतः कुनै एक क्षेत्रमा कम तर अन्यमा औसत वा उल्लेखनीय उपलब्धि हासिल गर्छन् भने त्यस्ता बालबालिकालाई लर्निङ डिसअर्डर भएको हुनसक्छ। 

सही समाधान 
सिकाइ समस्यालाई रोगको नाम दिएर औषधि–उपचार खोज्नु खेदजनक छ। किनभने लर्निङ डिसअर्डरको उपचार औषधिबाट हुँदैन। यस्ता समस्याका लागि साइकोथेरापी तथा मनोवैज्ञानिक शिक्षा निकै उपयोगी हुनसक्छ। जस्तो कि म्याथमेटिक्स डिसअर्डरबाट पीडित बालबालिकाकाका लागि फ्ल्यास कार्ड, वर्ड बुक्स तथा कम्प्युटर गेम्स आदि प्रभावकारी मानिन्छन्। 
रिडिङ डिसअर्डर समस्या भएका बालबालिकालाई रिडिङ इनस्ट्रक्सन प्रोग्राम जस्तैः ओर्टोन गिलिङहम एन्ड डिस्टार टेक्निक, मेरिल तथा एसआरए रिडिङ आदि उपयोगी मानिन्छन्। साथै बिहाभियर थेरापी, कग्निटिभ थेरापी तथा कग्निटिभ बिहाभियर थेरापीजस्ता साइकोथेरापीबाट उनीहरूको  शैक्षिक स्तर सुधार्न सकिन्छ। 
अन्त्यमा
अतः यदि बालबालिकाहरू पढाइलेखाइमा निकै कमजोर छन्, खासगरी पढ्ने, लेख्ने तथा गणित हल गर्ने सवालमा अन्य बालबालिकाभन्दा निकै पछाडि परेका छन् भने समयमै मनोवैज्ञानिक वा मनोचिकित्सस“ग सम्पर्क गरी निदान खोज्नु ठीक हुन्छ। उपचारका नाममा बालबालिकाहरूलाई औषधिको दलदलमा फसाउनु हु“दैन। सुरुमै प्रभावकारी मनोवैज्ञानिक चिकित्सा उपलब्ध गराइएको खण्डमा यस्ता बालबालिका आफ्नो जीवन सफल बनाउन सक्षम हुनेछन्। यस्ता उदाहरण प्रशस्त छन्।

 लेखक मनोचिकित्सक हुन्।








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad