भत्किएको पुलको निरीक्षण गर्दै मन्त्री बिष्टले दिए कारबाही गर्न निर्देशन

बुधबार, ०४ बैशाख २०७६, ०८ : २६ शिवलाल सुवेदी

गुल्मी - श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले भर्खरै भत्किएको पुलको  निरीक्षण गरेका छन्। निरिक्षणको क्रममा उनले अन्तिम अवस्थामा पुल ढल्नु ज्यादै दुखद भएको बताए।

जिल्ला भ्रमणको क्रममा मुसिकोट नगरपालिका ७ झेदी पुलमा पुगेर मन्त्री बिष्टले छिटोभन्दा छिटो सरकारी पक्षबाट यसको अनुगमन गरेर कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन्। ‘ज्यादै महत्वपूर्ण स्थानमा मुस्किलले पुल पारेको हो,’उनले भने,‘यो दुभाग्य देख्नु प-यो।’ आफुले पनि यो बिषयमा विभिन्न निकाय र निर्माण कम्पनीसंग समन्वय गरिरहेकाले त्यहि ठाउँमा पुन पुल निर्माण गरिने बताए। उनले बल्ल बल्ल निर्माण भएको पुल ढलेकाले अव बन्दैनकी भन्ने चिन्ता नगर्न स्थानीयलाई आग्रह समेत गरे।

निरिक्षणकै क्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफुहरुले निर्माण व्यावसायीलाई कमजोर संरचनाको विषयमा पटक–पटक जानकारी गराए पनि अटेर गरेका कारण पुल भत्किएको बताए। ‘५८ मिटरको बिचमा कतै पिल्लरनै थिएन  त्यहि बेलै सचेत बनाएका हौ,’उनले भने,‘ अहिले पुल ढलेको देख्नु प-यो। मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने झेदी पुल आइतबार भत्किएको थियो। ढलान गरेको २ दिनमै पक्की पुल भत्किएपछि पाँच जना घाइते समेत भएका थिए। भत्किएको पुलको विज्ञ टोलीले समेत अनुगमन तथा निरिक्षण गरेको छ।  स्थानीय सडक पुल कार्यक्रम(एलअारबीपी) रबिन्द्र तन्डुकार, पुलका डिजाइनर विश्व वल, पुर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख बिनोद चौधरी लगायतको टोलीले पुलको अवस्थाको बारेमा स्थलगत अध्ययन गरेर फर्किका छन्। पुर्वाधार विकास कार्यालयका प्रमुख चौधरीका अनुसार विज्ञ टोलीले आफुले तीन दिन भित्र रिर्पोट पेश गर्ने जानकारी दिएको बताए। त्यसपछि मात्रै बाँकी प्रक्रिया अगाडी बढाउने चौधरीले बताए।

अति महत्वपूर्ण स्थानमा निर्माण भएको पुल भत्किएपछि वामी र वडागाउँका नागरिक निराश भएका छन्। ‘आफ्नै घर ढले जस्तै भएको छ,’ सोहि स्थानका गोविन्द खरालले भने,‘छोटिदै गरेको वामी र वडागाउँको सम्बन्ध फेरि टाढिएको छ।’ ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माणको जिम्मा लिएको थियो। पुल ०७५ असार मसान्तमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। अहिले यो पुल प्रदेश नं ५ अन्तरगतको भौतिक पुर्वाधार विकास कार्यालय गुल्मीले हेर्ने गरेको छ।








यसमा तपाईको मत

अन्य समाचार

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

Ncell Footer Ad