८ वैशाख २०८१ शनिबार
अर्थ

हिमालय ऊर्जाको सेयर बाँडफाँड

काठमाडौं – हिमालय ऊर्जा विकास कम्पनीले निष्कासन गरेको प्राथमिक सेयर बाँडफाँड भएको छ। उक्त कम्पनीको आइपीओ मंगलबार बाँडफाँट भएको हो।

रीतपूर्वक आवेदन दिएका ६९ हजार ६ सय ७० जना लगानीकर्ताले सेयर पाएका छन्। यसमध्ये दुई हजार सात सय २० जनाले १० कित्ताका दरले र ६६ हजार नौ सय ५० जनाले २० कित्ताका दरले पाएका छन्। रीतपूर्वक आवेदन दिएका आवेदकमध्ये ९६.०९ प्रतिशतलाई २० कित्ता सेयर परेको हो। यस आधारमा अधिकांशले २० कित्ता सेयर पाएको देखिन्छ। 
कम्पनीले प्रतिकित्ता सय रुपैयाँ दरका १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेको हो।

यसमध्ये तीन प्रतिशत कर्मचारीलाई र पाँच प्रतिशत सामूहिक लागनी कोषलाई छुट्ट्याइएको थियो। बाँकी १३ लाख ६६ हजार दुई सय कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो। कम्पनीले जारी पुँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो। हिमालयले यसअघि आयोजना प्रभावित स्थानीयलाई नौ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो।

 

प्रकाशित: ४ वैशाख २०७६ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App