जनता ओली सरकारबाट मुक्ति चाहन्छन् : देउवा

बुधबार, ०४ बैशाख २०७६, ०७ : ५८ योगेश रावल

टीकापुर - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारबाट मुक्ति चाहेको बताएका छन्। कांग्रेस कैलाली क्षेत्र नं. १ ले टीकापुरमा निर्माण गरेको विपी स्मृति भवनको मंगलबार उद्घाटन गर्दै देउवाले ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई आजित पारेको आरोप लगाए।

उनले विगतका सरकारले गरेका कामलाई समेत आफै गरेको भन्दै वर्तमान सरकारले जनतालाई ढाँट्ने गरेको बताए। उनले वर्तमान सरकारले जनअपेक्षाअनुसार एउटा पनि राम्रो काम गर्न नसकेको बताए। ‘यो सरकारले एउटा राम्रो काम गरेको छैन,’ उनले भने, ‘केवल हत्या, हिंसा र बलात्कारमा संलग्नलाई संरक्षण गरेको छ।’

उनले वर्तमान सरकारका गतिविधि प्रेस र वाक् स्वतन्त्रता विरुद्ध भएको बताउँदै सरकार हस्तक्षेपकारी ढंगले अघि बढेको बताए। उनले वर्तमान सरकार जनताका हकअधिकार हनन् हुने गरी अघि बढेको बताउँदै सरकार जनताका इच्छाविपरीत चलेको बताए।
उनले जलविद्युत्को सदुपयोग हुन सके सुदूरपश्चिम प्रदेश अरु प्रदेश भन्दा समृद्ध प्रदेश हुने बताए। उनले सुदूरपश्चिममा देशकै कायापलट गर्न सक्ने जलविद्युत्को संभावना रहेको बताए।

उनले जनताको लगानीमा जलविद्युत् आयोजना निर्माण हुनुपर्ने बताउँदै पश्चिम सेती सुदूरपश्चिमका जनताले निर्माण गर्न चाहेको बताए। ‘हामी आफंै विद्युत् उत्पादन गर्न सक्छौ,ं’ उनले भने, ‘सरकारले वातावरण बनायो भने सुदूरपश्चिमेली पश्चिम सेती बनाउन सक्छन्।’
सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले तिनै तहका सरकारले डल्लो बजेटका नाममा आर्थिक अनियमितता गरेको आरो लगाए। उनले डल्लो बजेटको प्रावधान ल्याएर वर्तमान सरकारले भ्रष्टाचार गरेको समेत उल्लेख गरे।







यसमा तपाईको मत


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...