भारत लोकसभा निर्वाचन

मायावतीको अपिल सर्वोच्च अदालतद्वारा खारेज

बुधबार, ०४ बैशाख २०७६, ०७ : ५८ नागरिक

नयाँ दिल्ली – भारतकी दलित नेत्री मायावतीलाई ४८ घण्टासम्म चुनावी प्रचारप्रसारमा रोक लगाउनेबारेको निर्वाचन आयोगको फैसलालाई देशको सर्वोच्च अदालतले पनि सदर गरिदिएको छ। 

आफ्नो निर्वाचन अभियानलाई प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध भारतकी प्रसिद्ध नेत्री मायावती सर्वोच्च अदालत गएकी थिइन्।  निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै भारतको निर्वाचन आयोगले मायावतीलाई ४८ घण्टाका लागि चुनावी प्रसारप्रसारमा सोमबार प्रतिबन्ध लगाएको थियो।  मायावतीले मुसलमान समुदायलाई विपक्षी उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेको भन्दै निर्वाचन आयोगले सोमबार उनीमाथि चुनावी प्रचारप्रसारमा प्रतिबन्ध लगाएको थियो। 

मुसलमान समुदायलाई उक्साएको भन्दै निर्वाचन आयोगले सोमबार उनलाई चेतावनीसमेत दिएको थियो। मायावतीले एउटा चुनावी सभामा समग्र मुसलमान समुदायलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)विरुद्ध मतदान गर्न र आफ्नो पार्टी र गठबन्धलाई मत दिन भनेकी थिइन्। 

उनलाई दुई दिनसम्म कुनै पनि चुनावी अभियानमा संलग्न हुनबाट रोक लगाइएको निर्वाचन आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको थियो। आफ्नो चुनावी अभियानमाथि प्रतिबन्ध लगाइएको भन्दै प्रभावशाली दलित नेत्री मायावती निर्वाचन आयोगको निर्णयविरुद्ध मंगलबार सर्वोच्च अदालत गएकी थिइन्। विभिन्न सात चरणमा सम्पन्न हुन गइरहेको भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा अति नै महत्वपूर्ण मानिएको उत्तर प्रदेशमा क्षेत्रीय रूपमा अति नै प्रभावशाली मानिएकी मायावतीलाई दुई दिनसम्म प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णय उनको लागि ठूलो क्षति भएको बिबिसीले उल्लेख गरेको छ। 
मायावतीको बहुजन समाज पार्टीले उत्तर प्रदेशमा अर्को क्षेत्रीय दलसँग गठबन्धन बनाएर लोकसभा निर्वाचनमा होमिएको छ। भारतको लोकसभा निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदान बिहीबार हुँदैछ। लोकसभामा सबैभन्दा धेरै सिट रहेको उत्तर प्रदेशका केही निर्वाचन क्षेत्रमा पनि बिहीबार नै मतदान भइरहेको सन्दर्भमा ४८ घण्टासम्म चुनावी प्रचारप्रसारमा प्रतिबन्ध लागेपछि मायावतीलाई ठूलो धक्का पुग्न सक्ने आंकलनकै बीच उनी मंगलबार अदालतको ढोका घच्घच्याउन पुगेकी थिइन्। 

मायावतीसहित उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथलाई पनि तीन दिनसम्म चुनावी प्रचारप्रसारमा रोक लगाइएको थियो। निर्वाचन आयोगले मुसलमान समुदायविरुद्ध दुई फरक प्रतिक्रिया दिएको भन्दै योगी आदित्यनाथमाथि चुनावी प्रचारप्रसारमा रोक लगाएको थियो। 

आउँदो महिना समापन हुने भारतको लोकसभा निर्वाचनमा धार्मिक समुदायबीच घृणाको वातावरण सिर्जना गर्न रोक लगाउने उद्देश्यसहित बहुजन समाज पार्टीकी नेत्री मायावतीलाई दुई दिन र भाजपा नेता एंव उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई तीन दिनसम्म चुनावी अभियान सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगले बताएको छ। 
यद्यपि योगी आदित्यनाथले भने मुसलमान समुदायविरुद्धका दुवै प्रतिक्रिया अप्रिल ११ मा सम्पन्न भएको पहिलो चरणको मतदानका लागि आयोजित चुनावी सभामा दिएका थिए। 

भारतको निर्वाचन आयोगका अनुसार मायावती र योगी आदित्यनाथ दुवैले निर्वाचन आचार संहिता उल्लंघन गरेका छन् किनभने उनीहरुले धु्रवीकरणको प्रयास गरिरहेका छन् र मतदातालाई पहिचानका आधारमा मतदान गर्न उक्साइरहेका छन्। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...