coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ज्वाँईले पैसाका लागि सासुको हत्या गरे

कोहलपुर–घर ज्वाँई बस्दै आएका एक युवकले पैसाका लागि आफ्नै सासुको हत्या गरी फरार भएका छन्। नौवस्ता–७ गाभरकी ६४ वर्षीय देवीसरा विकलाई घर ज्वाँई बस्दै आएका बर्दिया बबई चेपाङ्का हस्तबहादुर विकले हत्या गरी फरार भएका हुन्। विकले सासुको मंगलबार विहान हत्या गरी उनको साथमा रहेको नगद, गहना लिई फरार भएको प्रहरीले जनाएको छ।

भारतीय सेनाबाट निवृत्त भएका पतिको मृत्युपछि  पेन्सन बुझ्दै आएकी देवीसरालाई रकमकालागि हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। देवीसराले सोमबार कोहलपुरस्थित नेपाल एसबिआई बैकबाट पेन्सन रकम बुझेर घर फर्किएकी थिइन्। ‘घर ज्वाँई बस्दै सासुको हेरचाह र घरघरायसी सहयोग गर्दै आएका हस्तले रकमकै लागि हत्या गरेको पाइयो,’ ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले भने, ‘घुम्ती पसल संचालन गर्दै आएकी विकको राति नै हत्या भएको देखिन्छ ।’

दिनभर देवीसरा नदेखिएपछि गाउँलेले घुम्ती खोल्दा उनी मृत फेला परेकी थिइन्। उनको मुहारमा निलो चोट र घाँटी थिचेको डाम रहेको डिएसपी काफ्ले जानकारी दिए। मृतक देवीसराको घुम्तीबाट फरार हस्तको मोबाइल र पर्स फेला परेको छ। घुम्ती पसलमा पाँच रुपैयाँ मात्र भेटिएको र बाँकी रकम हस्तले लिएर फरार छन् ।

सोमबार बुझेको पेन्सन रकम र घुम्ती पसलको रकम लिएर हस्त फरार रहेको र खोजी भइरहेको प्रहरीले जनायो। हस्तकी पत्नि सुष्मा साउदीमा काम गर्छिन्। सासु एक्लै रहेको र श्रीमती विदेश रहेकोले हस्त घर ज्वाँई बसेर सासुको रेखदेख गर्दै आएका थिए।  

 

प्रकाशित: ३ कार्तिक २०७३ ११:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App