८ वैशाख २०८१ शनिबार
कला

प्रोस्थेटिक मेकअपले फेरिएका कलाकार

मुम्बई – बलिउड नायिका दीपिका पादुकोणको हालै एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भयो। एसिड पीडित युवती लक्ष्मी अग्रवालको जीवनीमा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘छपाक’मा अभिनय गरिरहेकी दीपिकाको अनुहार एसीडले बिग्रिएको बनाइएको थियो। तर दीपिकाको सुन्दर अनुहार एकाएक कसरी कुरूप बन्यो भन्ने चर्चा पनि नचलेको होइन्।

दीपिकाले यो फिल्ममा आफ्नो अनुहारलाई कुरूप बनाउनका लागि प्रोस्थेटिक मेकअपको सहारा लिएकी छन्। यो मेकअप गर्नका लागि उनले दैनिक ३ देखि ४ घण्टा समय दिनुपर्छ। सुटिङ सकिएपछि मेकअप पखाल्नकै लागि कम्तीमा दुई घण्टाको समयावधि लाग्छ। फिल्म ‘छपाक’ आगामी वर्षको जनवरी २० मा रिलिज हुँदैछ।

फिल्ममा गम्भीर भुमिकामा अभिनय गरेर मेकअपमा नै लामो समय दिने दीपिका बलिउडकी एक्ली कलाकार होइनन्। एउटा फिल्म राम्रो बन्नका लागि कलाकारको अभिनय र फिल्मको राम्रो कथाले मात्र पुग्दैन। फिल्ममा अभिनय गर्ने कलाकारको लुक्सले पनि फिल्मको व्यापार कस्तो हुने भन्ने निर्धारण गर्छ। बलिउडका कलाकारहरू आफ्नो चरित्र र हुलियासँग जहिल्यै पनि गम्भीर हुने गर्दछन्। कोही जिममा घन्टौं मेहनत गर्छन् त कोही लामो समयावधि मेकअप गरेर दर्शकलाई चकित बनाउने लुक्समा प्रस्तुत हुन्छन्। 

‘प्रोस्थेटिक मेकअप’ प्रयोग गरेका कलाकार पनि मेकअप पछि ऐना हेर्दा आफुलाई नै चिन्न गाह्रो मान्छन्। यो प्रोस्थेटिक मेकअपको सुरुवात बलिउडमा धेरै समय अगाडिदेखि सुरु भएको हो। दीपिकाजस्तै बलिउडका अमिताभ बच्चन, शाहरुख खान र ऋषि कपूरसम्का कलाकारले प्रोस्थेटिक मेकअपको प्रयोग गरिसकेका छन् बलिउडका दुई अभिनेत्री तापसी पन्नू र भूमि पेडणेकरले हालै मात्र आफ्नो रिलिज हुन लागेको फिल्म ‘सांडकी आंख’को पोस्टर रिलिज गरे। जहाँ दुबै कलाकारहरू आफ्नो वर्तमान उमेर भन्दा केयौं बढी उमेरका देखिन्छन्। उनीहरूले पनि प्रोस्थेटिक मेकअपबाटै यो लुक्स बनाएका हुन्। उनीहरूको यो लुक्सलाई सबैले राम्रो भनी प्रतिक्रिया दिएका छन्। अनुराग कश्यपको यो फिल्म यसै वर्षको दिपावलीमा रिलिज हुँदैछ। 

‘प्रोस्थेटिक मेकअप’ प्रयोग गरेका कलाकार पनि मेकअप पछि ऐना हेर्दा आफुलाई नै चिन्न गाह्रो मान्छन्। यो प्रोस्थेटिक मेकअपको सुरुवात बलिउडमा धेरै समय अगाडिदेखि सुरु भएको हो।

अभिनेता कमल हासनले फिल्म ‘चाची ४२०’मा आफुलाई फरक लुक्समा प्रस्तुत गरे। यो फिल्ममा उनले साडी लगाए। बिन्दी र चस्मा पनि लगाए। उनलाई झट्ट हेर्दा चिन्न मुस्किल नै प¥यो। फिल्म ‘पा’ मा अभिनेता अमिताभ बच्चनले एक १२ वर्षका बालकको भुमिकामा अभिनय गरे। जो प्रोजेरिया नामको बिरामीबाट पीडित हुन्छन्। यो बिरामी लागेपछि मानिसहरू आफ्नो उमेरभन्दा पाँच गुणा बढी देखिन्छन्। यो भुमिका निभाउन अमिताभले पनि प्रोस्थेटिक मेकअपको सहारा लिएका थिए। यो मेकअप गर्नकै लागि अमिताभलाई ४ घण्टा समय लागेको थियो। 

हालैमात्र रिलिज फिल्म ‘राब्ता’ मा राजकुमार राव २ सय ३४ वर्षको उमेरका मानिसको चरित्रमा देखिएका थिए। उनको तस्बिर सार्वजनिक हुँदा उनलाई धेरैले चिन्न नै मुस्किल प-यो। फिल्म ‘फेन’ मा शाहरुख खान २५ वर्षका गौरव नामका युवाको भुमिकामा देखिएका थिए। ती युवा शाहरुख जस्तै देखिएका थिए। शाहरुखले पनि प्रोस्थेटिक मेकअपबाटै अनुहार परिवर्तन गरेका थिए। 

फिल्म ‘कपुर एन्ड सन्स’मा अभिनेता ऋषि कपुर एक ९० वर्षको वृद्धको चरित्रमा देखिएका थिए। ऋषिको मेकअपमै झण्डै २ करोड रुपैंयाँ खर्च भएको थियो। फिल्म ‘मोम’मा अभिनेता नवाजुद्दीन सिद्दिकी बेग्लै रूपमा देखिएका थिए। उनलाई महिलाकै जस्तो रूपमा प्रोस्थेटिक मेकअप गराइएको थियो।

प्रकाशित: ४ वैशाख २०७६ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App