७ वैशाख २०८१ शुक्रबार
राजनीति

फोरम नेपालकाे प्रदेश नं. १ को प्रथम अधिवेशनको तयारी तिब्र

काठमाडौं -  सङ्घीय समाजवादी फोरम, नेपाल प्रदेश नं. १ को बैशाख १५ र १६ गते बिराटनगरमा हुन गइरहेको प्रथम अधिवेशनको तिब्र तयारी भइरहेको छ। फोरम नेपालको प्रदेश नं. १ को अधिवेशनको मिति नजिकदै गएपछि पार्टी भित्र प्रदेश स्तरमा व्यापाक रुपमा नेताहरू छलफलमा जुटेका छन्।

पार्टी अध्यक्ष उपेन्द्र यादव, अशोक राई युवाराज कार्की महानगर, उप महानगर, नगर र गाउपालिको भइरहेको अधिवेशनमा आफै गई रहेका छन् । फोरमको प्रदेश नं. १ मा गत निर्वाचनमा एक प्रत्यक्ष दुई समानुपातिक प्रदेश सभासदहरु छन् । निर्वाचन पछि यो प्रदेशमा संगठानिक गतिविधि फोरमले बढाएको पाइन्छ । प्रदेश नं. १ को तदर्थ समिति बनाउने क्रममा आन्तरिक प्रतिस्पर्धा भएको थियो ।

प्रदेश नं. १ को पाचौ बैठकले मिति स्थान र आवश्यक उपसमितिहरु निमार्ण गरेको प्रदेश सचिव दुर्गामणि सुवेदीले बताए । तपाईहरुको पार्टीमा त आन्तरिक किचलो छ नि भन्ने  प्रश्नमा उनले भने,‘जीवन्त पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा भईहाल्छ तर हाम्रा पार्टीमा यस्तो कुनै अस्वस्थ्य प्रतिस्पर्धा छैन।’ उनले हाम्रो पार्टीमा अहिले केही स–साना पार्टी एकिकरण भएको र  केन्द्रदेखि नै तदर्थ समिति बनेकोले नेता व्यवस्थापनमा अलि समस्या देखिएको बताए।। अब यो अधिवेशनले यस्ता समस्याको हल गरेर पार्टी नयाँ उचाइमा पुग्ने उनले बताए।

प्रदेश सरकारमा पनि सहभागिताको कुरा हल्ला छ नि भन्ने प्रश्नमा प्रदेश सचिव सुवेदील भने,‘मुलत हामी सङघीय सरकारको  साझेदारी भएकोले यहाँ पनि यस्तो सम्भावना छ । पहिचानमा आधारित नामकरणमा कुरा मिल्यो भने सहभागिता जनाउन सकिन्छ।’ राजपा र नयाँ शक्तिसगको पार्टी एकिकरण के हुदै छ भन्ने पश्नमा भने – यो विषय पार्टी केन्द्रले नै हेर्ने भएकोले उ तै सोध्न भन्ने ठाडो जबाफ दिए । पार्टीको राष्ट्रिय महाअधिवेशन बैशाख २८,२९र ३० मा जनकपुरमा हुन गइ रहेकोलेदेशैभर अहिले गाउँपालिकादेखि प्रदेशसम्मको अधिवेशन धमाधम भइरहेको छ ।

प्रकाशित: ४ वैशाख २०७६ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App