६ वैशाख २०८१ बिहीबार
समाज

बारामा चट्याङ लागेर ६ जना घाइते

राैतहट - बाराको कलैया उपमहानगरपालिका १३ स्थित धरान नगरको महल इँटा उद्योगमा चट्याङ लागेर ६ जना मजदुर घाइते भएका छन्। घाइते हुनेमा ४ जना भारतीय छन्। 

भारत विहार सीतामडीका कलेश्वर राम, भन्टु पासवान, रामप्रवेश राम, जितन पासवान, बारा कोतवालीका नैमुद्दिन अन्सारी घाइते भएका छन्। त्यस्तै कोतवाली ६ की ६० वर्से सल्मा खातुन पनि घाइते भएकी छन्। 

घाइते सबैको बारा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ। 

चट्याङ लागेर इँटाभट्टाको छाप्रोमा आगो लागेको छ। कलैयाबाट भएको वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको छ। त्यसै गरी हावाहुरीले रौतहटको बञ्जारामा बिजुलीको पोल लडाएको छ। सर्वसाधारणको घरको छानो उडाएको छ। 

रौतहटका निमित्त प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले दिएको जानकारीअनुसार बजारका पसल तथा घरको छाना उडाएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। 

प्रकाशित: ३ वैशाख २०७६ १६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App