coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मनमोहन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

काठमाडाैं - दोस्रो मनमोहन स्मृति यु १६ अन्तरप्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १८ गतेबाट राजधानीमा हुने भएको छ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस (वैशाख १३)को सन्दर्भ पारेर प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ। 

प्रतियोगितामा सातवटा टिमको सहभागिता रहने छ। सात वटै प्रदेशका १६ वर्षमुनिका खेलाडी रहने छन्। 

प्रतियोगितामा पहिलो हुने टिमले नगद र खेल सामग्री गरी पाँच लाखको पुरस्कार प्राप्त गर्ने छ। त्यसैगरी, दोस्रो हुनेले नगद र खेल सामग्री गरी २ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छ । विजेता र उपविजेता दुवै पुरस्कारको आधा रकम नगद र आधा रकम बराबर खेलकुद सामग्री रहने क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए। 

सात प्रदेशका टिमलाई दुई समूहमा विभाजन गरी खेलाइने छ। शीर्ष दुई समूह सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिता त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा हुनेछ। वैशाख २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ खेल हुनेछन्। 
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई खेलकुद सामग्री प्रदान गरिने सेन्टरले जनाएको छ। 

‘सरकारले हालै आयोजना गरेको स्कुल यु–१६ क्रिकेट प्रतियोगतामा भएको खेलाडी छनोटलाई आधार बनाएर प्रदेश स्तरीय टिम निर्माण गर्ने छौं, सबै प्रदेशमा टिम निर्माणका काम भैरहेको छ’, गैरेले भने। 

गत वर्ष वैशाखमा भएको मनमोहन स्मृति यु–१६ अन्तरप्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको थियो। 

 

 

प्रकाशित: ३ वैशाख २०७६ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App