८ वैशाख २०८१ शनिबार
समाज

फेरि त्रासमै

रौतहट– गत चैत १७ राति आएको हावाहुरीपीडितमा फेरि हुरीको त्रास भएको छ। केही दिन यता मौसममा खराबी आउन थालेपछि हावाहुरीपीडित त्रसित भनेका हुन्। मुसल्धारे पानीसहित आएको हावा चल्दा स्थानीय चिन्तित भएको बाराको फेटा गाउँपालिका अध्यक्ष अमेरिलाल प्रसादले बताए। 

‘अहिले मुसल्धारे पानीसहित हुरी आइरहेको छ। म पनि बजारबाट घर जानसकेको छैन’, उनले नागरिकसँग भने, ‘तेज गतिमा हवा आउँदैछ। यसअघिको हुरीले तर्साएका स्थानीय त्रसित बनेका छन्।’

यस्तै, रौतहट र पर्साका स्थानीय केही भागमा पनि हावा चलिरहेको स्थानीय प्रशासनले जनाएको छ। रौतहटमा भने केही विजुलीका पोल ढलेको र केही घरको छाना उडाएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले बताए। 

‘बञ्जरहा क्षेत्रमा हावाले केही विजुलीको पोल र घरका छाना उडाएको खबर आएको छ’, उनले भने, ‘हावाहुरी र पानी आएका कारण प्रहरी जानसकेको छैन।’ 

 

प्रकाशित: ३ वैशाख २०७६ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App