८ वैशाख २०८१ शनिबार
समाज

जन्मसिद्धका सन्तानलाई वंशजकाे आधारमा नागरिकता दिने बाटाे खुल्याे

काठमाडाैं - सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने बाटाे खाेलिदिएकाे छ। 

गृह मन्त्रालयको पत्रअनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको हो।

यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सर्कुलर रोक्न अन्तरिम आदेश दिएको थियो।

चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो।

वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको थियो।

जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा प्रक्रिया अपनाई दिन गृहमन्त्रीको निर्देशन थियो।

 

प्रकाशित: ३ वैशाख २०७६ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App