संसदीय सुनुवाइ बुधबारदेखि

मङ्गलबार, ०३ बैशाख २०७६, १६ : ४७ नागरिक

काठमाडौँ– सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले दुई संवैधानिक आयोगका पदाधिकारी र सर्वाेच्च अदालतका न्यायाधीशमा सिफारिश भएका गरी सात जनामाथि बुधबारदेखि सुनुवाइ गर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया, सर्वोच्च अदालतका न्यायाधीशमा प्रकाश ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र डा मनोजकुमार शर्मा तथा समावेशी आयोगका सदस्यमा विष्णुमाया ओझाको सो पदका लागि सिफारिश भएका छन्।

समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज बसेको बैठकले सोका लागि ती तीनै पद तथा प्रक्रियामाथि परेका उजुरीमाथि बिहान ११ बजेदेखि सुनुवाइ शुरु गर्ने र सबै उजुरीकर्तालाई समितिको बैठकसमक्ष बोलाउने निर्णय गरेको छ। बुधबार अपराह्न २ बजेसम्म उजुरीकर्ताको कुरा सुन्ने र २ बजेपछि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका नेपाल सरकारका सचिव थपलिया र समावेशी आयोग सदस्यमा सिफारिस भएका मकवानपुरका अधिकारकर्मी ओझासितका उजुरीमाथिका कुरा सुन्ने जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका सङ्खुवासभाका थपलियामाथि छ र पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका न्यायाधीशमाथि व्यक्तिगत र प्रक्रियागत गरी पाँच उजुरी समितिमा परेको बताइएको छ। समितिले समावेशी आयोग सदस्यमा सिफारिस गरिएका अधिकारकर्मी ओझामाथि भने उजुरी परे नपरेको केही जनाएको छैन।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा गत चैत १९ गते बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माथेमा, मोरङका कानून व्यवसायी तथा पूर्व महान्यायाधिवक्ता फुयाँल, काठमाडौँका वरिष्ठ अधिवक्ता रेग्मी र अधिवक्ता डा मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो। सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त छ।

यसैगरी संवैधानिक परिषद्को चैत ११ गते बसेको बैठकले रिक्त प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही बैठकले समावेशी आयोगका सदस्यमा ओझालाई पनि सिफारिस गरेको थियो। थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन्।

यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा सेवानिवृत्त भएका थिए। निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad