७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्वगृहमन्त्री शर्माले लिए १२ टुहुरा बालबालिकाको अभिभावकत्व

भर्ना भएका टुहुरा बालबालिका । तस्बिर: लोकेन्द्र/ नागरिक

रुकुम–पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सांसद् जनार्दन शर्माले रुकुम (पश्चिम)का १२ जना टुहुरा बालबालिकाको दोहो-याएर अभिभावकत्व ग्रहण गरेका छन्।

बालगृहमा बस्दै आएका टुहुरा बालबालिकाको अभिभाववकत्व ग्रहण गर्दै शर्माले विद्यालयमा भर्ना गरिदिएका हुन्। जिल्लाको आठबीसकोट नगरपालिका–९, मा रहेको दिपज्योती आधारभुत विद्यालयमा ती बालबालिकालाई भर्ना गरिएको छ। शर्माको तर्फबाट स्थानीय जनक बटालाले बालगृहमा बस्दै आएका ६ बालिका र ६ बालकलाई भर्ना गरिदिएका हुन्।

सांसद् शर्माले यी  बालबालिकालाई अघिल्लो शैक्षिक शत्रमा पनि भर्ना अभियानको दिन अभिभावकत्व ग्रहण गरेर भर्ना गरेका थिए। अभिभावकत्व ग्रहण गरिसकेपछि यो वर्ष पनि उनीहरुलाई विद्यालय भर्ना गर्न आफै उपस्थित हुन नसक्ने भएपछि बटाला मार्फत विद्यार्थी भर्ना गरिएको बताइएको छ। विद्यालय भर्ना गरेकै दिन उनीहरुलाई वर्षभर पुग्ने शैक्षिक सामग्री पनि उपलब्ध गराइएको नगरपालिका वडा नं. १० का वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिए। विद्यालय पोशाक नगरपालिकाले दिने भएकाले सांसद् शर्माले कपि र कलम सहयोग गरेको उनले जनाए।

राज्यले प्रदान गर्ने सेवासुविधा सबै नागरिकले समान तरिकाले पाउनुपर्ने भएकाले आफुले टुहुरा बालबालिकाको जिम्मा लिएको पूर्वगृहमन्त्री शर्माले बताए। विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पूर्व मन्त्री शर्माले सबैलाई स्थानीय तहहरुलाई आग्रह समेत गरेका छन्। सरकारले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने नीति लिएको भन्दै अभिभावकत्व ग्रहण गर्दै सरकारको यो अभियानलाई सफल पार्न उनले आग्रह गरे।

प्रकाशित: ३ वैशाख २०७६ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App