४ वैशाख २०८१ मंगलबार
खेल

यु १९ विश्वकप छनोट: ओमनविरुद्ध नेपालकाे शानदार जित

काठमाडौं – आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमनमाथि १५० रनकाे सहज जित निकालेको छ।

टस हारेर ब्याटिङ्को निम्ता पाएको नेपालले ओमनलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। कमजोर सुरुवात गरेको नेपालले ओपनर रित गौतम र पवन सर्राफलाई क्रमश १० रन र ५ रन गुमाएको थियो। नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको महत्वपूर्ण योगदान दिए भने अन्तिम समयमा आक्रामक ब्याटिङ गरेका प्रतिस जिसीले २३ बलमा ४१ रनको योगदान दिए। त्यस्तै, भीम सार्कीको ३९ रन र अभिषेक बस्नेतको १५ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यता, ओमनलाई सस्तैमा समेट्न पवन सर्राफले ३ विकेट, प्रतिस जिसी र सूर्य तामाङ्ले समान २/२ विकेट लिए। त्यस्तै, कुशल मल्ल, कमलसिंह ऐरी र भीम सार्कीले समान १/१ विकेट लिए।

आइसीसी यू १९ विश्वकप छनोटमा पहिलो खेलमा सिंगापुरमाथि जित निकालेको थियो भने दोश्रो खेलमा यूएईसँग पराजित भएको थियो। त्यस्तै, तेस्राे खेलमा मलेसियालाई हराएकाे थियाे। प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमन र सिंगापुर सहभागी छन्। नेपालले  अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।
 
 

 

 

प्रकाशित: ३ वैशाख २०७६ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App