coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निष्क्रिय सहकारी संस्था पुनः सञ्चालन

खोटाङ - खोटाङमा आठ वर्षसम्म निष्क्रिय रहेको सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको छ। २०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्षदिनसम्म सञ्चालन गरेपछि बन्द भएको प्यारागन सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको हो।

हालसम्म कारोबार नगरेको सहकारीको अडिट लगायतका प्रकृया पुरा गरेर पुःन कारोबार सुरु गरिएको प्यारागन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्रकुमार राईले बताए। बचत गर्ने बानीको बिकास गर्दै उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्ने वातावरण निर्माणका लागि सहकारीलाई पुःन जगाइएको उनले बताए। हाल चालु पुँजी १६ लाख रहेको सहकारीलाई नयाँ सञ्चालक समिति गठन गरेर सुचारु गराइएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगगरपालिका–१ दिक्तेलको पुरानो बेसक्याम्पमा स्थापना गरिएको सहकारीको कार्यालय पुर्वजिविस सभापति बिष्णुकुमार राईले सोमबार उद्घाटन गरेका हुन्। 

दिपेन्द्रकुमार राई अध्यक्ष, नइन्द्र राई र कबिराज फुयाँल उपाध्यक्ष, राजदेश राई सचिव, मुना चौंलागाई सह–सचिव रहेको सञ्चालक समिति गठन गरेर सहकारीको कारोबार पुःन सुचारु गराइएको हो। सहकारी २५ शेयर सदस्यको लगानीमा स्थापना गरिएको हो। 

 

प्रकाशित: ३ वैशाख २०७६ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App