coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाइक जोगाउन खोज्दा बस दुर्घटना

खोटाङ – अगाडि रहेको मोटरबाइकलाई जोगाउन खोज्दा खोटाङको हलेसीमा बस दुर्घट्ना भएको खुलेको छ।

काठमाडाैं दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राती ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी नजिकै रिट्ठाबोटेको उकालो बाटोमा उक्लिन नसकेको मोटरबाइकलाई जोगाउन खोज्दा ब्याक भएर दुर्घट्नामा परेको घाइते यात्रुले बताएका छन्। उकालोमा बाइक अगाडि बढ्न नसकेपछि बस रोक्न खोज्दा ब्रेक नलागेपछि पछाडि चिप्लिएरखोल्सामा खसेको घाइते यात्रु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ओजोनबाबु आचार्यले बताए ।

‘बसभन्दा अगाडि मोटरबाइक थियो। बाइक उकालोमा चढ्न नसकेपछि पछाडि बसेको मान्छे ओर्लिन लाग्दा चालकले बस रोक्यो,’ जिल्ला अस्पतालमा उपचार गराइरहेका यात्रु आचार्यले भने, ‘तर, बसको ब्रेक लागेन, पछाडि ब्याक भएर तीन/चार बल्ढ्याङ गर्दै खोल्सामा पुग्यो ।’ प्रहरीले पनि अगाडि रहेको बाईकलाई जोगाउन खोज्दा बस पल्टिएको जनाएको छ । बस पल्टिएर करिब सय मिटर तल खोल्सामा अड्किएपछि आचार्यले सबैभन्दा पहिला निस्किएर प्रहरीलाई खबर गरेको थिए ।

एक जनाको मृत्यु, १४ घाइते
मध्यरातमा हलेसी मन्दीर नजिकै भएको बस दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडागाउँका पर्जबहादुर राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका राईलाई घट्नास्थलबाट उद्धार गरी एम्बूलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

मृतक राई भारतीय सेनाका पेन्सनर हुन् । लामो समयलेखि लेटाङ बस्दैआएका राई कामका सिलसिलामा दिक्तेल जानेक्रममा दुर्घट्नामा परेको बताइएको छ । उनी घुर्मीबाट सो बसमा चढेका थिए ।

दुर्घट्नामा रामेछाप मन्थली उमाकुण्ड गाउँपालिका–५ का महादोर्जे शेर्पा, उनकी श्रीमती लककुमारी लामा, भक्तपुर चाँगुनारायण नगरपालिका–५ का चालक टिकाराम खत्री, उदयपुर बेलका नगरपालिका–५ का सुरेन्द्र राई, खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका बिष्णुकुमार राई र हलेसी तुवाचुङ नगरपालिका–११ अर्र्खालेका दुर्गाबहादुर मगर गम्भीर घाइते भएका छन्। उनीहरुमध्ये लककुमारीको टाउकोमा चोट र दाहिने हात नचल्ने अवस्था देखिएको छ। चालक टिकारामको कम्मर नचल्ने र सुरेन्द्रको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थाका ६ घाइतेको टिचिङ अस्पताल काठ्माण्डौंमा उपचार भइरहेको छ । यस्तै, सामान्य घाईते भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका सुजन रम्तेल, सोही ठाउँका आशिष राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ओजोनबाबु आचार्य, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका साजन कट्वाल, सोही ठाउँका भीमबहादुर बुढाथोकी, केपीलासगढी गाउँपालिकाका मैना राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका ओमन राई र सप्तरी कञ्चनरुपा नगरपालिका–११ का भुपेन्द्रप्रसाद चौधरीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ।

स्वास्थ्यचौकी दुर्छिममा सामान्य उपचारपछि उनीहरुलाई मंगलबार जिल्ला अस्पताल पु-याइएको हो। सह–चालक भने ओत हाल्नका लागि ओर्लिएकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ। काठमाडाैँ हिँडेको रात्री बसमा हलेसी आइपुग्दा १६ यात्रु बाँकी रहेको जनाइएको छ । दुर्घटनामा परेका यात्रुको उद्धारका लागि ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक भुवन खड्का नेतृत्वको प्रहरी र स्थानीय रातभर खटिएका थिए।

प्रकाशित: ३ वैशाख २०७६ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App