coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

११ सदस्यीय महाभियोग समिति गठन

काठमाडौं–राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाउन  व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ ।  व्यवस्थापिका ससदको बुधबार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग समिति गठनको घोषणा गरेकी हुन्। महाअभियोग समितिमा कांग्रेस– एमालेबाट चार÷ चार जना, माओवादी केन्द्रबाट दुई जना र एक जना राप्रपा नेपालका सांसद सदस्य रहेका छन्।

महाअभियोग सिफारिस समितिमा  नेपाली कांग्रेसबाट फर्मुला मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की, दिपक कुइँकेल र कुमारी लक्ष्मी राई एमालेबाट रेवतीरमण भण्डारी, सुशीला कार्की, केशव वडाल र पार्वत गुरुङ, माओवादी केन्द्रबाट अमलाल मोदी  र रामनारायण विडाँडी तथा  राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य रहने छन्। राप्रपा नेपालले  यसअघि महाअभियोग सिफारिस समितिमा आफ्नोतर्फबाट प्रतिनिधित्व नगरे प्रधानमन्त्रीको सम्बोधन अवरोध गर्ने चेतावनी दिएको थियो।

 

प्रकाशित: ३ कार्तिक २०७३ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App