७ वैशाख २०८१ शुक्रबार
समाज

ट्याक्टरले किचेर सहचालकको मृत्यु

मुगु– सदरमुकाम गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिका – ९ छाइलतर्फ जाँदै गरेको ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ।

सोमबार व्यापारिक सामान बोकेर जाँदै गरेको भे १ त ७२४० नम्बरको ट्याक्टर गाँठे भन्ने स्थानमा रोक्ने क्रममा टायर अड्क्काउन ढुंगो राख्न खोज्दा ट्याक्टरको टाएरले किचेर सहचालक लक्ष्मी उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जुम्ला जिल्ला तातोपानी गाउँपालिका– ४ हाँकुका १८ वर्षीय मृतक उपाध्यायको शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक जुम्ला जिल्ला चन्दननाथ नगरपालिका १२ का धन गिरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

प्रकाशित: ३ वैशाख २०७६ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App