८ वैशाख २०८१ शनिबार
खेल

यु १९ विश्वकप छनोट: नेपालले ओमानलाई दियाे २३० रनकाे लक्ष्य

काठमाडौं– आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमानलाई २३० रनको चुनौती प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएकाे नेपालको ओपनिङ सुखद रहन सकेन। ओपनर रित गौतम र पवन सर्राफ क्रमश १० रन र ५ रन बनाउँदै पभेलियन फर्किए। नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको महत्वपूर्ण योगदान दिए भने अन्तिम समयमा आक्रामक ब्याटिङ गरेका प्रतिस जिसीले २३ बलमा ४१ रनको योगदान दिए। त्यस्तै भीम सार्कीको ३९ रन र अभिषेक बस्नेतको १५ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २२९ रन जाेडेकाे हाे।

आइसीसी यू १९ विश्वकप छनोटमा पहिलो खेलमा सिंगापुरमाथि जित निकालेको थियो भने दोश्रो खेलमा यूएईसँग पराजित भएको थियो। त्यस्तै तेस्राे खेलमा मलेसियालाई हराएकाे थियाे। प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुर सहभागी छन्। नेपालले  अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।

प्रकाशित: ३ वैशाख २०७६ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App