बिराट विश्व हिन्दु सम्मेलनलाई पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गर्ने

बुधबार, ०३ कार्तिक २०७३, १५ : ४९ नागरिक

काठमाडौं–पशुपतिको वनकालीस्थित बिहीबारदेखि विराट हिन्दु सम्मेलन सुरु हुने आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिले जनाएको छ ।   बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले यही कातिक ४, ५ र ६ गते सम्म चल्ने विराट हिन्दु सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने जानकारी गराएको हो।

कार्यक्रममा हिन्दुराज्य प्रजातन्त्र पार्टीका महासचिव रविन्द्र पौडेलले राजाविनाको देश र आँखा बिनाको मान्छे एउटै भएको बताउँदै भने, ‘राजा नेपालीहरुको आँखा हो, त्यस्तै देश अर्को आँखा । त्यसैले समय छँदै सबैले हिन्दुराज्य र नेपालको राजसंस्थाको बारेमा गहन छलफल गर्नुपर्छ ।’ त्यस्तै लिक नेपाल शान्ति एकता पार्टीका अध्यक्ष धनेन्द्र बस्नेतले वर्तमान शासनसत्ताले देशलाई विखण्डनको मार्गमा लिएको बताउँदै भने, ‘राजसंस्था वाहेक हाम्रो देशमा अरु कुनै शक्तिले शान्ति र स्थायित्व कायम गर्न सक्दैन, नेपाल हिन्दुराज्य कायम गरिएन भने न त चीनलाई फाइदा हुन्छ न भारतलाई नै हुन्छ ।’

उनले साना राजनीतिक दलहरूलाई सानो शक्तिको रुपमा नलिन प्रमुख दलहरूलाई आग्रह समेत गरे । सम्मेलन मुल समारोह समितिका संयोजक किशोरी महतोले राष्ट्रगुरु योगीनाथ नरहरी र स्व.पूर्वराजा वीरेन्द्र शाहको दुर दृष्टिसँगै महान बिचारले सिञ्चित भूमिमा जन्मिनु र बाँच्न पाउनु गर्वको कुरा भएको बताउदै पछिल्ले समय मुलुकमा अनेक असहजता सिर्जना भैरहेकोमा गुनासो पोखे।

उनले धर्मको नाममा नेपालीहरू किनबेच हुने कार्य दुःखद रहेको भन्दै सच्चा नेपालीले आफ्नो धर्म परिवर्तन गर्न नहुने बताए । महतोले संविधान सभाको नाममा राजतन्त्रलाई बाईपास गर्ने काम भएको बताउँदै विराट हिन्दु सम्मेलनले देशको समसामयिक स्थितिको बारेमा गहन वहस गर्ने र तालुमा आलु फलाउने जिकिर गरे । ३५ दलीय मोर्चाको आयोजनामा सम्पन्न हुने  उक्त विराट हिन्दु सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागि हुने आयोजकले जनाएको छ । सम्मेलन भोलि देखि सुरू हुने र कातिक ६ गते सम्म चल्ने आयोजक मुल समारोह समिति जानकारी दिएको छ ।   

 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad