७ वैशाख २०८१ शुक्रबार
खेल

साइक्लिङमा आर्मी र प्रदेश ३ लाई स्वर्ण

कोहलपुर – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको साइक्लिङ विधामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र प्रदेश ३ ले स्वर्ण हात पारेका छन्। पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेशरत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण प्राप्त गरे।

आर्मीका ओकेशरत्नले १ घन्टा २५ मिनेट ०९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जिते भने आर्मीकै हिमाल टमाटाले १ घन्टा २६ मिनेट ०९ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए। यस्तै गण्डकी प्रदेशका हिक्मत विकले १ घन्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै काँस्य पदक प्राप्त गरे।

यस्तै महिलातर्फ स्वर्ण जित्न सफल लक्ष्मीले १ घन्टा २० मिनेट ५२ सेकेन्डमा दूरी पार गरिन्। गण्डकी प्रदेशकी उषा खनालले १ घन्टा ३३ मिनेट ३८ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् भने प्रदेश ३ की निर्जला ताम्राकाकरले १ घन्टा ३५ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै काँस्य जितेको नेपाल साइक्लिङ संघ केन्द्रीय उपाध्यक्ष सुदीप पौडेलले जानकारी दिए। 

सोमबार बैजनाथ–१, गाभरमा भएको साइक्लिङ विधाअन्तर्गतको क्रसकन्ट्री ओलम्पिकमा पुरुषतर्फ ५ ल्याप र महिलातर्फ ४ ल्यापमा प्रतियोगिता गराइएको थियो। उत्कृष्ट खेलाडीहरुलाई प्रदेश ५ सांसद आइपि खरेल, प्रदेश ५ खेलकुद विकास समिति अध्यक्ष भीम ओलीलगायतले मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गरे।

प्रकाशित: ३ वैशाख २०७६ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App