coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एनएमबि सबैको सहारा बचत खाता सुरु

काठमाडौं – खोलौं बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमबि बैंकले आफ्नो ‘एक घर एक खाता’ अभियानलाई अझ परिस्कृत गर्दै ‘सबैका लागि बचत, सधैंका लागि साहरा’ नारासहित ‘एनएमबि सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ।

यस बैंकमा खोलिने प्रत्येक ‘सबैको सहारा बचत खाता’मा बैंकको तर्फबाट सय रुपैयाँ जम्मा गरिनेछ। उक्त खातामा प्रत्येक ग्राहकको अग्रिम बिमा सुरक्षण गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ। यस अन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, वा क्यान्सर, किड्नी निस्क्रियता, लिभरको रोग, मस्तिष्क घात, हृदयाघात, प्यारालाइसिस जस्ता १८ गम्भीर रोगमध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल वा हकवालालाई १० लाखसम्मको बिमा रकम उपलब्ध गराइने बैंकले जनाएको छ।

यसका अतिरिक्त उक्त खातामा सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निःशुल्क रकम झिक्न सकिने जस्ता सुविधा छन्।
सन २०१७ र २०१८ मा लगातार ‘बैंक अफ दी इयर’ अवार्डबाट सम्मानित एनएमबि बैंक ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको नेपालमा एक मात्रै सदस्य बैंक हो। विगत २४ वर्षदेखि नेपाली वित्त क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइरहेको बैंकको एक सय १० शाखा, चार एक्सटेन्सन काउन्टर, ९९ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७६ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App