coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री बोहारा र जोशीसँग चिनियाँ मन्त्रीको भेटघाट

आपूर्तिमन्त्री दीपक बोहरा र नेपाल भ्रमणमा रहेका चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओ। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ-आपूर्तिमन्त्री दीपक बोहरा र नेपाल भ्रमणमा रहेका  चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

आपूर्ति मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुका बीच उपभोक्ताको अधिकार संरक्षण र सहयोग आदानप्रदान तथा यस क्षेत्रको द्विपक्षीय सूचना आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर समेत भएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार सो समझदारीले दुई देशबीचको व्यापारलाई आगामी दिनमा थप अभिवृद्धि गर्न कोसेढुङ्गाका रुपमा सहयोग पु¥याउने विश्वास गरिएको छ । सो अवसरमा मन्त्री बोहराले नेपाल र चीनबीचको व्यापारलाई अभिवृद्धि गर्न र उपभोक्ताको हक संरक्षण गर्न सम्झौताले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे।

उनले नेपाल र चीनबीच भएका पूर्व सम्झौतालाई कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध रहेको चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङलाई जानकारी गराएका थिए।

चिनियाँ मन्त्री झाङले नेपाल र चीनबीचमा थप व्यापार अभिवृद्धि गर्न सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसैगरी उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि आजै चिनियाँ झाङले भेट गरी नेपालको उद्योग क्षेत्रको विकासमा चीनको सहयोगका बारेमा कुराकानी गरेका थिए। रासस

प्रकाशित: ३ कार्तिक २०७३ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App