६ वैशाख २०८१ बिहीबार
समाज

खोटाङमा बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी

खोटाङ - काठमाडौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा परेको छ।

काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घटना भएको हो। दुर्घटनामा १०/११ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले जानकारी दिए।

गम्भीर घाइते  २/३ जनामध्ये एकको अवस्था सबैभन्दा नाजुक देखिएको प्रहरीले जनाएको छ। बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएर रुखमा ठोक्किँदै अडिएकाले ठूलो क्षतिबाट जोगिएको बताइएको छ। दुर्घटनामा परेका यात्रुको उद्धारका लागि इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवन खड्का नेतृत्वको प्रहरीको टोली घटनास्थलमा खटिएका छन्।

दुर्घटनाबाट उद्धार गरिएका घाइतेलाई उपचारका लागि दुर्छिम स्वास्थ्यचौकीमा पुर्याइएको छ। दुर्घटनाको विस्तृत विवरण  आउन बाँकी रहेको डीएसपी केसीले जानकारी दिए।  दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित: २ वैशाख २०७६ १८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App