भेरी–बबई बहुउद्देश्यीय आयोजना

सुरुङ सकियो, मुआब्जाको काम टुंगिएन

सोमबार, ०२ बैशाख २०७६, २० : ३९ नगेन्द्र उपाध्याय

सुर्खेत - भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न हुँदै गर्दा लेकबेंशी नगरपालिका–१ का गेहेन्द्र पाण्डेको मनमा डरले घर बसाउन थालेको छ।

भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् र बाँके र बर्दिया जिल्लाका ५२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु-याउने लक्ष्य राखिएको यो आयोजनाले उनको घर, खेतसँगै व्यवसाय पनि बन्द हुन्छ। मंगलबार प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा १२.२ किलोमिटर लामो सुरुङमार्गको ब्रेक थ्रु हुँदै छ। योसँगै भेरी नदीको चिप्लेमा बाँध (ड्याम) निर्माण गर्ने तयारी आयोजनाको छ। 

‘आयोजनाले घरवारविहीन हुनुपर्ने अवस्था आउन लागिसक्यो’, पाण्डेले नागरिक न्युजसँग भने, ‘अहिलेसम्म मुआब्जाको भने टुंगो छैन।’ पाण्डेले घर नजिकै सोलार मिल सञ्चालन गरेका छन्। नजिकै २५० घरले प्रयोग गरिरहेको खानेपानीको मुहान छ। स्थानीय आफ्नो आँगन भएर बगिरहेको भेरीको पानी लगेर बर्दिया र बाँकेमा सिँचाइ सुविधा पु-याउनमै आयोजना केन्द्रित भएको आरोप लगाउँछन्।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम मंगलबारबाट औपचारिक सम्पन्न हुनेछ। आयोजनाले अहिलेसम्म बाँध (ड्याम) र बबईमा विद्युत् गृह (पावरहाउस) निर्माणको काम सुरु गरेको छैन।

‘आयोजना सुरु हुँदाका बखतमै मुआब्जाको टुंगो लगाइनुपथ्र्याे, अहिलेसम्म कति प्रभावित क्षेत्र हो भन्ने पनि टुंगो लागेको छैन’, स्थानीय नारायणदत्त पौडेलले भने, ‘सुरुङमार्ग निर्माण भए पनि चित्तबुझ्दो मुआब्जा पाएनौं भने भेरीको पानी सुरुङमार्गबाट बबईमा जान दिँदैनौं।’ छ वर्षअघि आयोजनाले प्रभावित क्षेत्रको प्रारम्भिक सर्भे गरेको थियो। सर्भेका क्रममा भेरीगंगा, लेकबेंशी र गुर्भाकोट नगरपालिकाका ३५ हेक्टर जमिन डुबानमा पर्ने अनुमान गरिएको छ। आयोजनाको सर्भेप्रति नै स्थानीय सन्तुष्ट छैनन्। 

‘सुक्खायाममा गरिएको सर्भेबाट हामी सन्तुष्ट छैनौं’, उनले भने, ‘पुनः सर्भे गरेर प्रभावित क्षेत्रका जनतालाई चित्तबुझ्दो मुआब्जा दिइनुपर्छ।’ आयोजनाले समयमै समन्वय नगर्दा आयोजना र प्रभावित क्षेत्रका बासिन्दाबीच द्वन्द्व बढ्ने देखिएको छ। ‘चिप्लेमा १५ मिटर अग्लो ड्याम (बाँध) निर्माण गर्दा भेरी किनारका सयौं हेक्टर जमिन डुवानमा पर्छन्’ पौडेलले भने, ‘सुख्खायामको पानीलाई आँकलन गरेर गरिएको सर्भे प्रभावित क्षेत्रका हामी जनता मान्न तयार छैनौं।’

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम मंगलबारबाट औपचारिक सम्पन्न हुनेछ। आयोजनाले अहिलेसम्म बाँध (ड्याम) र बबईमा विद्युत् गृह (पावरहाउस) निर्माणको काम सुरु गरेको छैन। आयोजना प्रमुख सञ्जीव बराल प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरेर मुवाब्जाको टुंगो लगाउने बताउँछन्। ‘प्रभावित क्षेत्रका बासिन्दासँग मुआब्जाका विषयमा पटक–पटक छलफल भएको छ, केही समयभित्रै मुआब्जा टुंगो लगाउँछौं’, बरालले भने, ‘ड्याम र विद्युतगृह निर्माणसँगै मुआब्जाको प्रक्रिया अघि बढ्छ।’

माग पूरा नभए पानी जान दिन्नौंः महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुरुङमार्ग शिलान्यासका क्रममा तत्कालीन सरकारले गरेका प्रतिबद्धता पूरा नभए भेरीको पानी बबईमा खस्न नदिने बताएका छन्। उनले भेरी नदी र स्रोत क्षेत्रमा खानेपानी, सिँचाइ, विद्युतीकरण, सडकलगायतका जनताका आधारभूत आवश्यकता पूरा नहुँदासम्म भेरीबाट बबईमा पानी खसाल्न नदिने चेतावनी दिए। 

‘बबईमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नुअघि चिप्लेमा सुरुङ आउने बेलासम्म जनतामा उल्लिखित माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो’, सोमबार गुर्भाकोट नगरपालिका मेहलकुनामा आयोजित कार्यक्रममा महामन्त्री खड्काले भने, ‘ती प्रतिबद्धता वर्तमान सरकारले पूरा नगरेसम्म भेरीको पानी बबईमा खसाल्न दिँदैनौं।’ उनले अर्बौ लगानीमा सुरुङमार्ग निर्माण गरेर बर्दिया र बाँकेका सुक्खा जमिन हराभरा बनाइरहँदा भेरी नदी र स्रोत क्षेत्रका जनता आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए।

‘भेरीको पानी अर्बौं लगानीमा सुरुङमार्गमार्फत बबई खोलामा झारेर बर्दिया र बाँकेका सुक्खा जमिनलाई हराभरा बनाउने तयारी हुँदै गर्दा भेरी नदी वारिपारि र स्रोत क्षेत्रका प्रभावित जनताका न्यूनतम आवश्यकता पनि पूरा नहुने अवस्था देखियो’, कांग्रेस महामन्त्री खड्काले भने, ‘सिँचाइ, बाटाघाटा, खानेपानी, सडक, विद्युत उत्पादनको ५० प्रतिशत राजस्व प्रभावित क्षेत्रका जनताले पाउने कुराको ग्यारेन्टी नहुँदासम्म कुनै पनि हालतमा भेरीको पानी सुरुङमार्गबाट बबईमा खसाल्न दिँदैनौं।’ 

 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad