coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ शक्तिको नेतृत्व साधारण सदस्यले छान्ने

काठमाडौं- नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचन प्रणालीसहितको विधान पारित गरेको छ। विधान अनुसार अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुने संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताए। उनका अनुसार पार्टीमा प्रतिआव्हान (राइट टु रिकल) नीति पनि लागु गरिने छ। 'नेपालमा यो नितान्त नयाँ प्रयोग हो', उनले भने।

शुक्रबारबाट जारी केन्द्रीय परिषद सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीको पहिलो राष्ट्रिय भेलाबाट बनेको कार्यदलले गरेको गृहकार्यको आधारमा यसअघि संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले प्रस्तुत गरेको विधानमाथिको छलफलपछि यस्तो नीति पारित भएको हो।
‘नयाँ शक्तिको आधार तत्व’ नामक राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेजहरु कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने र सोका निम्ति निरन्तर सुझाव संकलन गर्ने र महाधिवेशनसम्म परिमार्जन गर्ने समेत निर्णय भएको प्रवक्ता खिमला देवकोटाले बताए।

 

प्रकाशित: १२ असार २०७३ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App