coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

थिमिबासीले यसरी मनाए सिन्दुर जात्रा (फोटो/भिडियो )

भक्तपुर - बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ् सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्। मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै पूजाआजा गरि यो जात्रा मनाईएको हो। थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७ र टिगनीमा एक स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ। जात्रामा चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ।

यो जात्रा थिमिमा मात्र मनाइन्छ। जात्रामा वेला एकअर्कामा सिन्दुर दलिन्छ भने हातहातमा बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ।

तस्बिर/भिडियो : दिपेन्द्र रोक्का

धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ। यो जात्रा आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो। हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो।

प्रकाशित: २ वैशाख २०७६ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App