coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

२० हजार घुस रकमसहित चन्द्रागिरिका लेखाअधिकृत पक्राउ

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकाका लेखाअधिकृत २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

सडक मर्मत सम्पन्न भएपछि भुक्तानी दिने भन्दै लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई ठेकेदारबाट रकम लिएकाे आराेप उनलाइ लागेकाे छ। 

अधिकृत भट्टराईले घुस मागेको भन्दै उजुरी परेकाे थियाे। उक्त उजुरीकै आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित समातेकाे हाे।

उनलाई घुस रकम लिइसकेको अवस्थामा नगरपालिकाका कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित: २ वैशाख २०७६ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App