८ वैशाख २०८१ शनिबार
समाज

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रौतहट – रौतहटमा सोमबार बस र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। गौर–चन्द्रनिगाहपुरसँगै जोडिएको सहायक राजमार्ग अन्तर्गत हर्साहा चौकमा बस र मोटरसाइकल आपसमा ठोकिँदा गरुडाबैरियाका २५ वर्षीय किसन साहको मुत्यु भएको हो। दुर्घटनामा उनकी श्रीमती २२ वर्षीया आरती साह गम्भीर घाइते भएकी छन्।

चन्द्रनिगाहपुरबाट जाँदै गरेको ना४ख ६१११ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना४६प ९६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका साह र उनका श्रीमतीको उपचारको लागि चन्द्रपुरस्थित निजी अस्पतालमा लगिएको थियो। उपचारको क्रममा किसनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख डीएसपी नवीन कार्कीले बताए।

प्रकाशित: २ वैशाख २०७६ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App