८ वैशाख २०८१ शनिबार
समाज

आगलागी हुँदा दुई घर जले

खोटाङ – आगलागी हुँदा खोटाङमा दुई घर जलेको छ। सोमबार दिउँसो भएको आगलागीमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भीमबहादुर तामाङ र टंकनाथ तामाङको घर जलेको हो।

दिउँसो १ बजेतिर सुरु भएको आगलागीका कारण तामाङद्वयको फुसको छानो भएको घर नष्ट भएको स्थानीय राजन भट्टराईले जानकारी दिए। आगो स्थानीयले नियन्त्रणमा लिए पनि आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताए।

 

प्रकाशित: २ वैशाख २०७६ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App