८ वैशाख २०८१ शनिबार
खेल

आठौं राष्ट्रिय खेलकुद: लन टेनिसमा एपीएफलाई ५ स्वर्ण

रुपन्देही–आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बुटवलमा चलेको लन टेनिस खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण हात पारेको छ। एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ इभेन्टमा स्वर्ण हात पारेको हो।

प्रतियोगितामा नेपाली सेनाले महिला टिम इभेन्टतर्फ एकमात्र स्वर्ण तथा पहिलो पटक प्रतियोगितामा भाग लिएको एनआरएनले पुरुष एकलमा स्वर्ण हात पार्न सफल भयो।

देविनगरस्थित लन टेनिस कोर्टमा सोमबार भएको पुरुष एकलको फाइनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले नेपाली सेनाका प्रनव खनाललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण आफनो पक्षमा पारे। नेपाली सेनाका प्रनव रजत पदकमा चित्त बुझाए। यसैगरि खेलमा एपीएफका सन्तोष खत्री, प्रदेश नं ४ का प्रदिप खड्का तृतिय हुदै कास्य पदक प्राप्त गरेका छन्।

महिला एकलतर्फको फाइनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाका अभिलाषा विष्टलाई पराजित गर्दैै स्वर्ण जितिन्। उनले फाइनल खेलमा ६–२, ६–० का सेटमा जित निकालेकी हुन्।  उपविजेता अभिलाषा विष्ट रजत पदकमा चित्त बुझाइन्। खेलमा प्रदेश नं. ३ का रायना शाह र नेपाली सेनाकी ईरा रावत तृतिय हुदै कास्य पदक जितेका छन्।

विजेता, उपविजेता खेलाडीहरुलाई नेकपा प्रदेश सचेतक भुमिश्वर ढकाल, नेपाल लन टेनिस संघका केन्द्रिय अध्यक्ष ज्योती राणा, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही जिल्ला खेलकुद समितिका अध्यक्ष योग गुरुङ, र रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवालीले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित: २ वैशाख २०७६ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App