coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ। प्रधानमन्त्री ओलीले रु १०० मा विद्यार्थी पढाएर गरीबका छोराछोरीलाई फाउण्डेशनले गुन लगाएको बताउँदै राज्यले लिनुपर्ने दायित्व बहन गरेकामा खुशी व्यक्त गरे।

प्रधानमन्त्री ओलीले भने, 'अङ्ग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन।' प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको जनाउँदै सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएकामा बधाई व्यक्त गरे।

प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने जिकिर गर्दै नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे। मह जोडीको सहयोगमा सञ्जेलले सन् २००१९विसं २०५८तिर० स्थापना गरेको सो स्कूलले मासिक  १०० रूपैया शुल्कमा विभिन्न जिल्लामा शाखा विस्तार गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। आर्थिक रुपमा कमजोर भएका र अरू कुनै कारणले विद्यालय जान नपाएका बालबालिकालाई सो स्कूलले विशेष ध्यान दिँदै आएको छ।

प्रकाशित: २ वैशाख २०७६ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App