८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री निवास अगाडि विवेकशीलकाे प्रदर्शन

काठमाडौं - रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ।  विवेकशील साझ पार्टीले सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा  प्रर्दशन गरेको हाे।

प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाले कब्जा गरी अपचलनमा परेको समाचार बाहिर आएपछि त्यसको विरोध र अब उपरान्त कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रदर्शन गरिएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल लगायत ठूलाबडाले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो। प्रवक्ता आचार्यले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न सरकारलाई दबाव दिइएको बताए। प्रदर्श को क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छरु सिंहदरबार जता छ’ लेखिएको प्ले कार्डहरु प्रर्दशन गरिएको थियो।

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको एक सरकारी छानबिन समितिले ठहर गरेको थियो।३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ। १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा पुगेको छ।

 

प्रकाशित: २ वैशाख २०७६ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App