coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मापदण्ड बिनै ठडिँदै केयुकेएल भवन

जावलाखेलस्थित निर्माणाधीन अवस्थामा रहेको केयुकेएलको भवन मापदण्डबिनै निर्माण भइरहेकोे भेटिएको छ। सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ अनुसार सरकारी कार्यालयले भवन बनाउन नक्सापास प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। तर, केयुकेएलले उक्त भवन निर्माण गर्दा ललितपुर महानगरपालिकाको मापदण्ड नै परिपालना नगरेको भेटिएको हो।

ललितपुर महानगरपालिकाका इन्जिनियर रुद्र गौतमले उक्त भवन मापदण्डबिनै निर्माण भइरहेको जानकारी दिए। उनले जिल्लाभरी निर्माण भएका सबै सरकारी कार्यालयले मापदण्ड पूरा गरे पनि केयुकेएलको उक्त भवन बनाउँदा मापदण्ड कुल्चिएको बताए। ‘हामी मापदण्ड अनुसार नै भवन बनाउन पटक–पटक सुझाव दिए पनि उक्त भवन बनाउदा मापदण्ड मानिएर, नगरपालिकालाई अटेरी गर्दै सरकारी भवन धमाधम बनाइएको छ,’ उनले भने, ‘सरकारी कार्यालयले नै यसरी नियम मिच्नु राम्रो होइन।’ उनका अनुसार प्राधिकरणलाई नियम अनुसार भवन बनाउन आग्रह गर्दा प्राधिकरणले बनाएको भन्दै पन्छने गरेको छ। तर, सरकारी भवन जसरी बनाए पनि २०७२ को मापदण्डलाई परिपालना गर्नुपर्ने हुन्छ।

केयुकेएल ललितपुर शाखा प्रमुख महेश भट्टराईले प्राधिकरणबाट पास भएकाले अरु मापदण्ड नअपनाएको बताए। उनले भवन बनाउन हत्तार भएकाले काम थाल्दै मापदण्ड पास गर्दै जाने उल्टो जवाफ दिए। ‘सरकारी कार्यालय भएकाले हामीले प्राधिकरणको मापदण्डलाई नै आधार मानेका छौं, यदि महानगरपालिले त्यसो भन्छ भने हामीले सरकारी नियम पनि परिपालना गछौं,’ उनले भने।
 

प्रकाशित: २ वैशाख २०७६ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App