coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ढल फुटेर सास्ती

बौद्धमा मंगलबार परेको पानीले फुटेको ढल। तस्बिर:श्याम राई

विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपमा बारम्बार ढल फुट्दा स्थानीय र त्यहाँ घुम्न आएका पर्यटकले सास्ती खेपेका छन्। पानी पर्दा ढल फु्टने समस्या भए पनि मर्मतमा सरोकारवालाले बेवास्ता गरेपछि उनीहरूले सास्ती खेपेका हुन्। तर, ढल मर्मतमा भने सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ। स्थानीय नवीन शाहुखलका अनुसार सानो पानी पर्दा समेत ढल फुट्ने गर्छ। ठूलोपानी पर्दा त झनै बौद्ध स्तुप वरिपरीको बस्ती नै डुबानमा पर्छ।

घरको एक फिट माथि सम्म ढल नाघेर पसलभित्र पस्छ। बौद्धमा तीनचुलीबाटै ढल बगेर आउँछ। ढल जाम भई फुटेपछि बौद्धकैै स्तुपसम्म नै ढल जलमग्न हुन्छ। जसले गर्दा स्थानीय, आन्तरिक र बाह्य पर्यटक सास्ती भोग्न बाध्य छन्। आठ वर्षअघि हालेको उक्त ढल अहिलेसम्म मर्मत गरिएको छैन। वर्षायाममा झनै ढलको समस्या हुने गरेको उनले सुनाए। ‘सानो पानी पर्दा पनि ढल फुटिहाल्छ,’ उनले भने, ‘वर्षायाममा झन् ढलको ठूलो समस्या हुन्छ।

केही दिनअघि पानी पर्दा नि ढल फुट्यो। पर्यटक र सर्वसाधारणले सास्ती खेपे। ढल मर्मत गर्न लागेका छन्। छिटो मर्मत गरी यो सम्पदा क्षेत्रमा ढलमुक्त क्षेत्र बन्नु पर्छ।’ पानी पर्दा ढलको कारणले १० भन्दा बढी ढलमा हालेको ढकान नै उचालिदिन्छ। ढलको दुर्गन्धले पर्यटक घुम्न र कोरा गर्न समेत सकेका छैनन्।  

बौद्धमा भेटिएका तीनचुलीका पासाङ शेर्पाले पानी परेको बेला ढल फुट्ने गरेकोले बौद्धमा कोरा गर्न नसकेको बताइन्। ‘म दैनिक बिहान र बेलुका बौद्धमा कोरा गर्न आउँछु। पानी पर्दा ढल फुटेर बौद्ध वरीपरी जलमग्न हुन्छ,’ उनले भनिन्, ‘कोरा गर्न नै सकिँदैन। घर फर्किने बेलामा पनि समस्या हुन्छ। बौद्धनाथ क्षेत्रविकास कोषले पर्यटकबाट पैसा लिन्छ। तर, सेवासुविधाको लागि ढल समेत मर्मत गदैनन। विदेशी पर्यटकले विश्व सम्पदामा सूचिकृत बौद्धको के सन्देश लिएर जाला ? यो विषयमा सरोकार निकाय सोच्नु पर्छ। बल्ल ढलको काम थालेको देखियो। यो काम कहिले सकाउने हो ?।’

बौद्धनाथ क्षेत्र विकास कोषका तथ्यांक अनुसार दैनिक सात सयदेखि एक हजार विदेशी पर्यटक सिजन अनुसार बौद्ध स्तुपमा घुम्न आउँछन्। ढलकै समस्याले उनीहरू विरक्त भएको सुनाउँछन्। कोषको तथ्यांक २०७४÷७५ मा सार्क र अन्य देशगरी दुई लाख ५२ हजार तीन सय चार पर्यटक बौद्ध क्षेत्रमा घुमेका छन्।  क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले स्थानीय उपभोक्ताको सहकार्यमा ढल मर्मतको लागि प्राविधिक टोली ल्याएर अनुगमन गराई सकेकोले छिट्टै ढलको मर्मत कार्य थाल्ने बताए। ‘ढलको धेरै समस्या भएकाले प्राविधिक टोली राखेर कसरी ढललाई मर्मत गर्ने भनेर अनुगमन भइसकेको छ,’ उनले भने, ‘दिगो, बलियोे र कम खर्चिलो गरी उपभोक्ताको समन्वयमा ढलको काम गछौँ। वर्षातको समय आउन लागेकाले तत्काल ढल मर्मत कार्य थालेर यो समस्या हटाउँछौं।’

रामहिटी, र तीनचुलीको ढल ओरालो भई सिधै बौद्धमा हालिएको ढल पाइपको क्षमताभन्दा बढी ढल जम्मा भएकाले ढल फुट्ने समस्या भएको उनले बताए। उनका अनुसार उक्त ठाउँमा ढल मर्मतको लागि दुई प्याकेज बनाइएको छ। पहिलो चरणमा बौद्धफूलबारी चोक वरिपरीको ढल मर्मत गरिने छ। स्थानीयबासीलाई भेलापारी ढलको समस्याबारे जानकारी गर्न लगाइएको थियो। रामहिटीको ढल बौद्धमा नपठाई सिधै माथिबाट अर्कोतिर डाईभर्ट गर्ने काठमाडौं महानगरपालिका ६ वडा कार्यालयको योजना रहेको उनले जानकारी दिए।

 

प्रकाशित: २ वैशाख २०७६ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App