१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पहिरनका सौखिन बलिउडकर्मी

मुम्बई – बलिउड नायिका जान्हवी कपुरले एउटै पहिरन दुईपटक लगाउँदा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको मजाक उडाए। सामाजिक सञ्जालमा मजाक उडाए पनि जान्हवीको पहिरन लगाउने शैलीमा आफ्नै फर्मुला छ। उनी एकपटक लगाएको लुगालाई पुनः अर्कोपटक नलगाउन सक्ने धनी नबनेकै कारण आफुले एउटै लुगा दोहो¥याएर लगाउने गरेको बताउँछिन्।

सामाजिक सञ्जालमा जान्हवीको मजाक उडाउनु गलत कुरा भए पनि एउटा सत्य के हो भने बलिउडका कलाकारहरू आफुले एकपटक लगाएको लुगा हत्तपत्त दोस्रोपटक दोहो¥याउँदैनन्। उनीहरू हरेक स्थानमा नयाँनयाँ पहिरनमा देखिन्छन्। हरेक पटक नयाँ पहिरनमा देखिने उनीहरूसँग पहिरन चाहिँ कति छ भन्ने जिज्ञासा आम दर्शकमाझ छ।

आम दर्शकमाझ सलमान खान, शाहरुख खान वा अमिताभ बच्चनलगायतका बलिउडका स्टारले नियुक्त गरेका निजी पहिरन मेनेजरले नै सेलिब्रेटीले पहिरने पहिरनको छनोट गर्छन्। उनीहरूको काम नै एक पटक लगाएको पहिरनलाई दोस्रो पटक नदोहो¥याउने र लगाएको पहिरन अन्य कलाकारसँग मिल्दोजुल्दो छ वा छैन् भन्ने अनुसन्धान गर्ने हो। सेलिब्रेटीका अधिकांश कपडा ब्राण्ड वा डिजाइनरको तर्फबाट आएको हुन्छ। प्रायः डिजाइनरहरू सेलिब्रेटीलाई आफ्नो डिजाइनको पहिरन लगाइदिन अनुरोध गर्दछन्। सेलिब्रेटीले कोही डिजाइनरको डिजाइनको पहिरन लगाएवापत पारिश्रमिक पनि बुझ्ने गर्दछन्।

बलिउडमा यस्ता केही फिल्मकर्मी छन्। जो ब्राण्डेड कपडाका शौखिन छन्। फिल्म निर्माता तथा निर्देशक करण जोहार पनि ब्राण्डेड कपडाका शौखिन हुन्। जुत्ता र चश्माबाहेक उनलाई सर्वाधिक आकर्षण गर्ने पहिरन भनेको विविध किसिमका कोट हुन्। करणका अनुसार विदेश यात्रामा उनी अक्सर कोट, ज्याकेट र टीसर्ट खरिद गर्दछन्। उनीसँग घरमा सय भन्दा बढी कोट र ज्याकेट छन्। यीमध्ये केही पहिरन उनले आफ्नो साथी रणवीर सिंह र वरुण धवनलाई उपहारस्वरूप पनि दिएका छन्।

बलिउड नायिका करिना कपुर खान प्रायः जिम जान्छिन्। जिमबाट बाहिर निस्कँदा उनी अलग–अलग पहिरनमा दिनानुदिन देखिन्छिन्। करिनासँग २० देखि ३० थान जिम पेन्ट छन्। यो पेन्ट भन्दा माथि लगाउनका लागि उनीसँग कैयौं टीसर्ट छन्। अभिनेता सलमान खान आफै कपडाको नेटवर्क ‘बिइङ ह्युमन’का मालिक हुन्। प्रायः जिन्स र टीसर्टमा देखिने सलमानलाई जिन्स पहिरन अत्याधिक मनपर्छ। उनी सर्ट पनि जिन्सको कपडाबाट बनेको लगाउँछन्। उनीसँग ५३ देखि ५४ वटा जिन्सका कपडा छन्। उनका अनुसार फिल्म सुटिङका लागि विदेश गएको समयमा उनी जिन्सका कपडा खरिद गर्छन्।

सलमान अभिनेता कुमार गौरवका पहिरन शैलीको फ्यान हुन्। किनकी गौरवसँग जिन्सका पहिरनको भण्डार नै थियो। एकपटक सलमानको जिन्स पेन्टमा फाटेको देखेपछि गौरवले उनलाई झण्डै २० थान जिन्सका कपडा दिएका थिए। अभिनेता अमिताभ बच्चन नेहरू ज्याकेट र कुर्ताका सौखिन हुन्। उनीसँग ४० देखि ५० जोडी सुन्दर कुर्ता, अलग अलग रंगका नेहरू ज्याकेट वा सिल्क सल र ३० बढी जुत्ता छन्। 

प्रकाशित: २ वैशाख २०७६ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App