coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

छ फिल्म प्रदर्शन

काठमाडौं – किराँत राई चलचित्रकर्मी संघले हालै ६ वटा किराँत राई फिल्म प्रदर्शन गरेको छ। राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्म प्रदर्शन गरिएको हो। किराँत राई भाषा, संस्कृतिमा बनेको नाछिरिङ भाषाको ‘रिचिबुङ’, जेरुङ  भाषाको ‘ब्यासा’, वान्तवा भाषाको ‘पुवालो’ र ‘नागा’, बाहिङ भाषाको ‘फुङलाङ’ र बाम्बुले राई भाषाको ‘ढ्वाङकुम’ फिल्म प्रदर्शन गरिएको थियो।

कार्यक्रममा खोज र अनुसन्धान गरि लेखिएको ‘किराँत राई फिल्मको रूपरेखा’ पुस्तकसमेत सार्वजनिक गरिएको थियो। चलचित्रकर्मी संघका उपाध्यक्ष सुमन राईले पछिल्लो समयमा किराँत राईहरूको भाषा र संस्कृतिमा आधारित फिल्म निर्माण गर्दे गएको बताए। ‘पहिलेको भन्दा अहिले नयाँ फिल्म निर्माण गर्ने क्रम बढ्दै गएको छ’, उनले भने, ‘किराँत राईहरूको संस्कृति बचाउन यस्ता फिल्म निर्माण गर्न जरुरी छ। सबै अग्रजहरू यसमा लाग्नु पर्छ।’

प्रकाशित: २ वैशाख २०७६ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App