coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लगातार तेस्रो जितका साथ लेस्टर सिटी क्वाटरफाइनल नजिक

कोपनहेगन–च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो जित हात पार्दै  इङलिस प्रिमियर लिग विजेता क्लब लेस्टर सिटी  क्वाटरफाइनल नजिक पुगेको छ ।
कोपनहेगनको दि किङ पावर स्टेडिममा मंगलबार राति सम्पन्न समुह जि अन्तर्गतको खेलमा लेस्टर सिटी घरेलु टोली एफसी कोपनहेगनलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ नजिक पुगेको हो । पहिलो पल्ट च्याम्पियन्स लिग खेलिरहेको लेस्टर सिटीको यो लगातार तेस्रो जित हो र लेस्टर क्वाटरफाइनल प्रवेशबाट एक जित पछाडि रहेको छ ।
लेस्टरको जितमा खेलको पहिलो हाफ सकिन ५ सिनेट बाँकी रहँदा रियाद मरेजले गरेको गोल नै निर्णयक साबित भयो । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति  आफ्नो घरेलु मैदान सान्टीआगो बिर्नाबाओमा सम्पन्न्न समूह इ को खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनिस जायन्ट रियल मड्रिडले लिजिया वार्सालाई ५–१ गोल अन्तरले पराजित गरेको छ। खेलको १६ औं मिनेटमा गोल गर्दै ग्यारेथ बेलले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेटपछि नै  जोड्लोविसले गोल गर्दे रियल मिड्रडको अग्रता दोब्बर बनाएका थिए। तर २२ औं मिनेटमा प्राप्त पेनाल्टिमा गोल गर्दै वार्साका रोडोभिचले खेल २–१ मा ल्याएका थिए । खेलको ३७ औं मिनेटमा एरिसोनले गोल गर्दा मड्रिडले पहिलो हाफमा ३–१ गोल अन्तरको अग्रता लिएको थियो।

खेलको दोस्रो हाफमा पनि खेल आफ्नो नियन्त्रणमा राखेको रियलले वाचक्युको ६८ औं मिनेटमा र अल्बारो मोराटाको ८४ औं मिनेटमा गरेको गोलमा खेल ५–१ ले जितेको हो। सो खेल सुरु हुनु अघि मैदान बाहिर झडप ५ समर्थक र  २ प्रहरी घाइते भएका थिए। त्यस्तै समूह एफ अन्र्तगको अर्को खेलमा ब्रोसनिया डर्टमनले स्पोर्टिङ सिपि लाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै समूह एच अन्तरर्गतको खेलमा युभेन्टसले लियोनलाई १–० गोल अन्तरले पराजित गरेको छ ।  यता समुह इ अन्तर्गतको दुई वटै खेल बराबरीमा सकिएको छ । सिएसके मस्कोले र मोनाकोले १–१ गोलको बराबरी खेल्दा बार्यन लिभरकुशेन र टोटनह्याम हर्डसपोरले  गोलरहित बराबरी खेलेका छन् ।

 

प्रकाशित: ३ कार्तिक २०७३ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App