coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी राजकुमारलाई मृत्युदण्ड

साउदी अरबका राजकुमारलाई मृत्यदण्डको सजायँ दिइएको छ। साउदी गृहमन्त्रालयका अनुसार तीन बर्ष पहिले राजधानी रियादमा एक व्याक्तिको हत्या गरेको आरोपमा राजकुमार तुर्की विन सउद अल कविरलाई रियादमा मृत्यदण्डको सजायँ दिइएको हो।

तर उनलाई कुन प्रकारको सजायँ दिइयो भन्ने प्रष्ट भइनसकेको बीबीसीले जनाएको छ। साउदीमा अधिकांसलाई सार्वजनिक स्थानमा सिर छेदन गरेर मृत्युदण्ड दिने गरिन्छ।

साउदीमा यसलाई दुर्लभ घटनाको रुपमा लिइएको छ। अधिकारकर्मीहरु र पश्चिमाहरुले साउदीमा दिइने मृत्युदण्डको विरोध गर्दै आएका छन्। यसले चरम मानव अधिकार उल्लङघन भएको उनीहरुको धारणा छ।

राजकुमार तुर्की विन सउद अल कविर यो बर्ष मृत्युदण्ड पाउने १ सय ३४ औं व्याक्ति हुन्। शाही परिवारका सदस्यलाई मृत्यु दण्डको सजायँ कमै हुने गर्छ। ४० बर्षको इतिहाँसमा यो पहिलो पटक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। साउदीमा सन् १९७५ मा शाह फैसलको हत्या गर्ने राजपरिवारका सदस्य फैसल बिन मुसैद अल सउदलाई पनि मृत्यु दण्ड दिइएको थियो। साउदीमा मृत्य दण्डको सजायँ पाउने अधिकांस मानिस हत्या वा लागु औषध तस्करीका दोषी हुने गर्छन्।

राजकुमारले आफ्नो साथीको हत्या गरेको स्विकार गरेको गृहमन्त्रालयले जनाएको छ। 'यसले हरेक मानिसमा विश्वास हुने छ की सरकार न्याय, अन्याय र सुरक्षा प्रति प्रतिवद्ध छ', मृत्यदण्डको घोषणा गर्दै गृहमन्त्रालयले भनेको छ।

अल- अरबियाका अनुसार पीडितका परिवारले 'ब्लड मनी' लिन अस्विकार गरेका थिए। यस्ता घटनामा परिवारले आर्थिक क्षतिपूर्ती स्विकार गरेमा दोषी छुट्न सक्छन्।

'नागरिकहरुका लागि यो नै ठूलो कुरा हो, कानुनको नजरबाट साना र ठूला कोही पनि छैनन भन्ने यसले प्रमाणित गरेको छ', ट्विट गर्दै साउदी कानुन व्यवसायी अब्दुर रहमान अल लहिमले भनेका छन्।

यता ट्विटरमा अरविक ह्यास ट्यागमा किङ सलमान प्रयोग गर्दै राजकुमारको मृत्युदण्डको विषयमा व्यापक टिप्पणी भइरहेको छ। उनीहरुले विवेकी राजाले राजकुमारलाई न्याय दिए भनेका छन्।

प्रकाशित: ३ कार्तिक २०७३ ०५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App