कुटानी पिसानी मिल वितरण

सोमबार, ०२ बैशाख २०७६, ०८ : ०० नागरिक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १२ आमा समूहलाई कुटानी पिसानीका मिल प्रदान गरेको छ। ढिकी जाँतोमा अन्न पिस्दै आएका आमा समूहलाई ६ लाख ७९ हजारको कुटानी पिसानीका मिल प्रदान गरेको हो।

नगरपालिकाले सयपत्री आमा समूह च्यास्मिटार, पिपलगढी आमा समूह च्यास्मिटार, मिलीजुली आमा समूह बडहरे, सिर्जनसिल आमा समूह दुर्छिम, मखमली आमा समूह हलेसी, अजम्बरी आमा समूह धितुङ, महिला विकास शान्ति आमा समूह सल्ले, अजम्बरी महिला विकास समूह राजापानी, जलन्धरादेवी आमा समूह राजापानी, बज्रकाली सिर्जनशिल आमा समूह मंगलटार, बालकन्य आमा समूह मंगलटार र सिद्धथान आमा समूह मंगलटारलाई एक/एक थान मिल प्रदान गरेको हो।

आमा समूहलाई नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले कुटानी पिसानीका मिल हस्तान्तरण गरेका हुन्। कुटानी पिसानीका मिल पाउने आमा समूहमध्ये मंगलटारको सिद्धथान आमा समूह र बालकन्य आमा समूहमा दलित महिलामा मात्र आवद्ध छन्। घरासयी काममा बोझ खेपिरहेका महिलाको कामको बोझ घटाउने र समय सदुपयोगका लागि अन्न कुटानी पिसानी मिल प्रदान गरिएको उपमेयर राईले बताइन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...