coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

असिना पानी र हुरीबतासले क्षति

सर्लाही – आइतबार राती सर्लाहीमा असिनापानी एवं हुरीबतासले बालिनालीमा क्षति पु-याएको छ। असिनासहित मेघगर्जन पानी परेको र हुरीबताससमेत चलेकाले मकैं, गहुँजस्ता अन्नबाली तथा आँप, लिचीजस्ता फलफूल एवं तरकारी बालीमा क्षति पुगेको हो।

गत सोमबार र शनिबार पनि जिल्लामा असिना पानीसहितको हावाहुरीका कारण घर तथा बालीनालीमा क्षति पुगेको थियो। आइतबार राती आएको असिना पानीसहितको हुरीबतासले पु¥याएको क्षतिको एकिन तथ्यांक नआइसकेको प्रहरीले जनाएको छ। रातीको हावाहुरी र वर्षाका कारण अवरुद्ध विद्युत् आइतबार साँझसम्म सुचारु हुन सकेको छैन। बागमती र चपुरबीचको जंगल खण्डमा भएको फल्ट पत्ता नलागेकाले विद्युत् सुचारु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख विजय महतोले जानकारी दिए।

प्रकाशित: २ वैशाख २०७६ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App