भेरी–बबई डाइभर्सन आयोजना

बेहुलीझैं सिँगारियो प्रवेशद्वार

सोमबार, ०२ बैशाख २०७६, ०७ : ३९ नगेन्द्र उपाध्याय

सुर्खेत - राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण पूरा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार टनेलको ब्रेक थ्रु गर्ने कार्यक्रम तय गरिएको छ।

भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् र प्रदेश ५ का बर्दिया र बाँकेका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने उद्देश्यसहितको यो आयोजनामा नेपालमै पहिलोपटक सुरुङ निर्माणका लागि टनेल बोरिङ मेसिन (टिबिएम)को प्रयोग गरिएको छ। समयअगावै टिबिएमले १२.२ किलोमिटर सुरुङ निर्माण गरिसकेको छ। ‘राष्ट्रिय गौरवको आयोजना हुनुका साथै नेपालमै पहिलो पटक नयाँ प्रविधिबाट सुरुङ निर्माण भएकाले ब्रेकथ्रुका लागि प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा गरेका हौं,’ आयोजना प्रमुख सञ्जीव बरालले भने, ‘मंगलबार सुरुङ निर्माणको काम औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्छौं।’

भेरीको पानी सुरुङमार्फत बबईमा पु¥याउनेस्थल भेरीगंगा नगरपालिका–११ को चिप्ले अहिले बेहुलीझै सिँगारिएको छ। भेरी नदी किनारमा हेलिप्याड बनाइएको छ। ध्वजापताकाले चिप्ले रंगिएको छ। बबईदेखि चिप्लेसम्मको १२.२ किलोमिटरमध्ये पाँच मिटरमात्रै सुरुङ खन्न बाँकी छ। ‘प्रधानमन्त्रीज्यूको उपस्थितिमा पाँच मिटरको सुरुङ १५ देखि २० मिनेटमा सम्पन्न गर्ने कार्यक्रम छ,’ आयोजना प्रमुख बरालले भने, ‘मञ्चदेखि अन्य तयारी पूरा गरेका छौं।’ टिबिएम मेसिन दुई सय ७४ मिटर लामो छ। ब्रेक थ्रु कार्यक्रममा एक मिटर भागमात्रै जमिन बाहिर ल्याइने छ।
सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुर्खेत, बर्दिया र बाँकेबाट संघ, प्रदेश र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि आउँदैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रमका लागि भेरी किनारको चिप्ले बेहुलीझै जस्तै सिँगारिएको छ।

लक्ष्यभन्दा एक वर्षअगावै सम्पन्न
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माणका लागि सिँचाइ विभागले चार वर्षको समयावधि दिएको थियो। चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक)ले सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्ष १२ दिनअघि नै सुरुङ निर्माण सम्पन्न गरेको छ। २०७२ जेठ २१ गते काम सुरु गरेको कोभेकको निर्माण म्याद २०७६ चैत १५ गतेसम्म थियो। ‘लक्ष्यअगावै सुरुङमार्ग निर्माण गर्न सफल भयौं,’ आयोजना प्रमुख बरालले भने, ‘योसँगै नेपालमा टिबिएमको सफल परीक्षण पनि सम्पन्न ग¥यौं।’ सुरुङमार्ग लक्ष्यअगावै सम्पन्न भए पनि चिप्लेमा ड्याम (बाँध) र बबईमा पावर हाउस (विद्युत्गृह) निर्माण कार्य सुरु भएको छैन। अझै केही वर्ष सुरुङमार्गबाट भेरीको पानी बबईमा खस्नेछैन।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad