coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ज्येष्ठनागरिकलाई निःशुल्क स्वास्थ्यबिमा

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता ’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले नयाँवर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रूपमा मनाइएको बताए।

ज्येष्ठ नागरिक बिमाका साथ ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’नाराका साथ यो अभियान थालिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बिमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनको सहकार्यमासो अभियानसुरु गरिएको हो। कार्यक्रममा ज्येष्ठ नागरिककालागि एक लाखसम्मको स्वास्थ्य बिमा घोषणा गरिएको छ। सो बिमाको प्रिमियम नेपाल सरकारले तिर्नेछ। प्रधानमन्त्रीओलीले यसलाई नयाँयुगको सुरुवातभनेका छन्। ‘अब नेपालमा बैंक खातानहुने र खातामा रकमनहुने नागरिक हुने छैन। यसले सामाजिक सुरक्षामा एक प्रकारको क्रान्तिल्याएको छ,’ उनले भने।

नेपाल हरेक दिन एक कदम अगाडि जानेछ। हामीगाँस, बास, कपास, ज्ञान रमानसम्मानतथा सुरक्षाको सुनिश्चितता दिनेछौं। अब थैलीका दिनगए, चेककादिनआए। थैलीमा राख्नुपर्ने कार्ड र चेकबुक राख्दा हुन्छ,’उनले भने। रोगी र बूढाबूढीको बिमानगर्ने नीतिलाई गलतभन्दै उनले बिरामी र अशक्त हुन्छ भनेरै स्वास्थ्यबिमागर्नुपर्छ भन्नेमा सरकार स्पष्ट सोचका साथ अगाडि बढेको जनाए। अबको सम्पूर्ण कामआधुनिक नेपाल निर्माणतर्फको यात्रामा केन्द्रित हुने भन्दै कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा अत्यन्तगतिका साथ काम भइरहेको ओलीले दाबी गरे। उनले आगामी वर्ष वृद्धभत्ता बढ्ने पनि बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रमा मासिक पाँच हजारसम्म वृद्धभत्ता दिने संकल्प गरेको थियो। उनले नेपालीको मुर्छित सपनालाई ब्युँझाइने उल्लेख गर्दै केहीगर्न नसक्नेलाई सरकारले बचाउने र मागेर खान नपर्ने बताए। प्रधानमन्त्री ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यकीआमा धनमायाशाक्यलाई बैंक खाता खोलिएको प्रमाणपत्र र निःशुल्क स्वास्थ्य बिमाको कार्ड वितरण गरे। सोहीअवसरमा प्रधानमन्त्री ओलीले सय वर्षका जमुना गुरुङ, ९४ वर्षीय डा गौरीशंकरलाल दास, ९२ वर्षीय टेकबहादुर बस्नेत, ८७वर्षीय भैरव रिसाल, ८६ वर्षीय शोभा वतीति मल्सिना ५५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरे।

प्रकाशित: २ वैशाख २०७६ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App