लाइसेन्स फेल चिकित्सक विभूषित

सोमबार, ०२ बैशाख २०७६, ०७ : ०० सुनिल सापकाेटा

काठमाडौं -  नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो।

मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स)  परीक्षा उतीर्ण नगरी डा.. लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ।   बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण भएपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको. ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ  छ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले क्षेत्री चिकित्सकको रुपमा काउन्सिलमा दर्ता नभएको बताए। थापाले काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा दुई वर्षदेखि दिँदै आएको देखिएको तर अहिलेसम्म उतीर्ण नभएको काउन्सिले चिकित्सकको रुपमा मान्यता प्रदान नगरेको उनले स्पष्ट पारे। थापाको नाम सिफारिस हुँदै बिबादमा आएको बताउँदैे चिकित्सकको रुपमा दर्ता नै नभएको व्यक्तिले चिकित्सकको हैसियतमा पदक पाउँदा आफूहरु पनि आश्चर्यमा परेको डा. साहको भनाइ छ। उनले सिफारिस र छनोट गर्ने निकायले पनि काउन्सिलसँग भेरीफाई नगेरको उनले जनाए।

चिकित्सक हैसियत प्राप्त भइनसकेको व्यक्तिलाई चिकित्सकको हैसियतमा मानपदवी दिनु राष्ट्रिय लज्जाको विषय भएको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीको भनाइ छ। ‘चिकित्कको पेशामा आवद्ध हुन लाइसेन्स अनीवार्य हुनुपर्छ’, डा. कार्कीले भने ‘लाईसेन्स नै नभएको व्यक्तिलाई चिकित्सकको हैसियतमा मानपदवीबाट विभूषित गरिनु आम चिकित्सकहरुको मानमर्दन गर्ने विषय हो।’ यो विषयलाई नेपाल चिकित्सक संघले गम्भीर रुपमा लिने उनको भनाइ छ।

राष्ट्रका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरुलाई प्रदान गरिने मानपदवी गृह मन्त्रालयले हचुवाको भरमा छनोट, सिफारिस र वितरण गर्न थालेपछि बिबादित बन्दै गएको जानकारहरुको भनाइ छ। पदक दिने व्यक्तिको पृष्ठभूमि नै नहेरी जथाभावी पदक बाड्ने प्रवृत्ति देखा पर्न थालेकोले राष्ट्रपतिबाट वितरण हुने विभूषण बिबादमा परेको अधिवक्ता केदार कार्कीको भनाइ छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता एवं सहसचिव छविन्द्र पराजुलीले गृह मन्त्रालयले उपलब्ध गराएको घोषित नामावलीको आधारमा विभूषण प्रदान गरिएको बताए। यो गृह मन्त्रालयको काम भएकाले गृह मन्त्रालयमा नै बुझ्दा उपयुक्त हुने उनको भनाइ छ। गृह मन्त्रालय विभूषण शाखाका उपसचिव हरि पन्तले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट घोषित विभूषण मध्ये उक्त मानपदवी प्राप्त गर्ने व्यक्तिको नामावली मात्र आफूहरुले पठाएको जिकरि गरे। उनले रक्षामन्त्री गृहमन्त्री, गृह सचिवसहितको आठ सदस्य विभूषण समितिको सिफारिस आधारमा विभिन्न प्रकृतिका विभूषण प्राप्त गर्ने व्यक्तिहरुको विवरण पठाइएको स्पष्ट पारे। अन्य विषयमा आफूलाई जानकारी नभएको उपसचिव पन्तको भनाइ छ।

विभूषण  हुने क्षेत्रीले भने आफूलाई बंगलादेशको कलेजले चिकित्सकको प्रमाणपत्र दिएको दावी गरे। उनले आफू यूवा भएकाले युवा अवस्थामा नै पदक पाउनु राष्ट्रको लागि पनि गर्वको विषय भएको उनको तर्क छ। उनले आफू मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा अनुतीर्ण भएको स्वीकार गर्दै उनले सरकारले आफूलाई पत्याएको जिकिर गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विभूषण सु्सोभन समारोहकोबीच क्षेत्रीसहित ३ सय ४३ जनलाई विभिन्न मानपदवी प्रदान गरेकी थिईन। तीमध्ये एक जनाले नेपाल रत्न,४ जनाले महाउज्ज्वल राष्ट्रदीप, १ जनाले सुप्रसिद्ध जनसेवा श्री, ३ जनाले उज्ज्वल कीर्तिमान राष्ट्रदीप, ३ जनाले सुकीर्तिमय राष्ट्रदीप, ९६ जनाले सुप्रवल जनसेवा श्री पाएका थिए। त्यस्तै एक जनाले कीर्तिमय राष्ट्रदीप, एक सय ६१ जनाले प्रवल जनसेवा श्री, ७४ जनाले जनसेवा श्री गरी ३ सय ४३ जनालाई मानपदवीबाट विभूषित गरिएको हो। त्यसैगरी अलंकार ८७ जनाले र पदक ८७ जनाले गरी जम्मा ५ सय १७ जनालाई विभूषण प्रदान गरिएको थियो।







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।