८ वैशाख २०८१ शनिबार
समाज

बसको ठक्करबाट एकको मृत्यु, चालक फरार

रुकुम - रुकुम (पश्चिम)मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ८ किटेनीमा यात्रुवाक बसले ठक्कर स्थानीय ३२ वर्षीय देवजङ्ग खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुकुम (पूर्व) बाट काठमाडाैं जाँदै गरेको ना ५ ख ८९६२ नम्बरको बसले ठक्कर दिएको थियो। 

मध्यपहाडी लोकमार्गमा अन्तर्गत किटेनीमा बसले ठक्कर दिंदा खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

घटनापछि गाडीचालक काठमाडाैं घर भएका ४६ वर्षीय बिष्णुराज गिरी फरार छन् भने गाडीलाई प्रहरीको नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित: १ वैशाख २०७६ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App