सर्प बचाऔँ, वातावरण जोगाऔँ

आइतबार, ०१ बैशाख २०७६, १५ : ०४ नागरिक

तनहुँ–सर्प देखे मार्न वा लखेट्न अगाडि सर्ने प्रवृत्ति कायमै छ। सर्पले वातावरण संरक्षणका लागि कस्तो भूमिका खेल्छ भन्ने कमै मात्र सर्वसाधारणलाई थाहा छ। सर्प बचाउन सकिए वातावरण संरक्षण गर्न सकिन्छ भन्ने भावना जगाउने उद्देश्यले सर्प संरक्षण समाजले तनहुँको शुक्लागण्डकी नगरपालिकामा जारी ११औँ खैरेनीटार महोत्सवमा सर्प संरक्षणका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।

सबै सर्प विषालु नहुने र विषालु भए पनि मानिसले नजिस्काएसम्म सर्पले आक्रमण नगर्ने भएकोले सर्प देख्ने वित्तिकै मार्न र लखेट्न नहुने समाजका अध्यक्ष महेन्द्र कतिलाले जानकारी दिए। उनका अनुसार सर्प मानिसको शत्रु नभई मित्र भएको र सर्पको विषले औषधी बन्छ। उनले भने, 'मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पु-याउने तथा पारिस्थितिकीय चक्रमासमेत महत्वपूर्ण भूमिका खेल्न सहयोग पु-याउँछ।'

महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई सर्प बचाउन सकिए वातावरण संरक्षणमा टेवा पुग्नेबारे जानकारी प्रदान गरिएको उनले बताए। उनका अनुसार बढ्दो शहरीकरण र मानिसको नकारात्मक सोचले सर्पको जीवन खतरामा पर्दै गएकाले त्यस बारेमा सचेतना जगाउन आवश्यक रहेको छ। महोत्सवमा विषालु कोब्रा, करेत, मुगा, हरेउ, हिमालयन किल ब्याग, कुमन क्याट लगायतका प्रजातिका सर्पको नमूना प्रदर्शनी गरिएको छ।

वन विज्ञान क्याम्पसमा अध्ययनरत सर्प संरक्षणमा लागेका युवा रोहित गिरीले हिन्दू समाजमा सर्पको फोटोलाई नागदेवता भनेर पूजा गरे पनि व्यवहारमा त्यस्तो नभएकोले सचेतना फैलाउन कार्यक्रम गरिएको बताए। महोत्सव अवलोकनका लागि आउने धेरै सर्वसाधारणले उत्साहपूर्वक आफूहरुको अभियानमा साथ दिएको उनले बताए।

उनका अनुसार सर्वसाधारणलाई सर्पदंश के हो? सर्पदंश हुँदा के गर्ने? सर्पदंशबाट बच्ने उपाय के हो? लगायतका विषयमा महाेत्सवमा सिकाइएको छ। महोत्सवमा आउने दर्शकलाई सर्प संरक्षणको सचेतना जगाउने उद्देश्यले महोत्सव मूलसमारोह समितिले समाजलाई तीन वटा स्टल उपलब्ध गराएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिए। रासस






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad