coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यो बूढाबूढीको भलो चिताउने सरकार हो, आगामी बजेटमा वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आगामी बजेटमा सरकारले वृद्धभत्ता बढाउने बताएका छन्। ज्येष्ठ नागरिक स्वास्थ्यबिमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन्। 

‘यो  बूढाबूढीको भलो चिताउने सरकार हो’, प्रधानमन्त्री ओलीले भने, ‘यसपालिको बजेटमा वृद्धभत्ता बढ्छ। ढुक्क भए हुन्छ।’ प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालीन एमाले सरकारले वृद्धभत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए। ‘पहिला पहिला बूढाबूढी कतिवर्ष पुग्नुभयो भन्दा ६८ भन्थे, अब कति बाँचिएला र भन्थे’, प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला वृद्धभत्ता पाउन अब दुई वर्ष बाँकी छ भन्छन्। वृद्धवृद्धाहरूमा जीवनप्रतिको आशा बढेको छ।’

प्रधानमन्त्री ओलीले  सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताएका छन्।  प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानुनपर्ने बताएका छन्। त्यस्तो अवस्थाका असहायको सहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्रीओलीले स्वास्थ्य बिमा कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा ठूलो भरथेग गर्ने बताउनुभएको छ। ‘हामी नेपाललाई केही वर्षभित्रै निरोगी नेपाल, स्वास्थ्य नेपाल बनाउँदै छौं,’ प्रधानमन्त्रीले भने, ‘यसका लागि हाम्रो खानपानलाई विषादीरहित बनाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकलाई कार्यक्रममा स्वास्थ्य बिमा कार्ड वितरण गरेका छन्। यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली र सासू धनमाया शाक्यले बैंक खाता खोलेका छन्। 

प्रकाशित: १ वैशाख २०७६ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App