८ वैशाख २०८१ शनिबार
समाज

लुक्लामा विमान दुर्घटना हुनुकाे यस्ताे छ कारण

साेलुखुम्बु - तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना हुँदा विमानका सहचालकसहित तीनजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। पाइलटले विमान कन्ट्राेल गर्न नसकि चिप्लिएर दुर्घटना भएकाे प्रहरीले निष्कर्ष निकालेकाे छ। आइतबार बिहान समिट एयरको विमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा विमानस्थल सुरक्षाको लागि खटिएका दोलखा घर भएका पर्यटक प्रहरी असई रामबहादुर खड्का, काठमाडौं महानगरपालिका ७ चाबहिलका समिट एयरका सुजित ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ रहेका प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए। लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ  लगिएकोमा थप उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, घाइते हुनेहरूमा काठमाडौं कालिमाटी टोल घर भएका समिट एयरका चालक रबिनाथ रोकाय र ललितपुर उपमहानगरपालिका ठेगाना भएका मनाङ एयरका चालक चेतबहादुर गुरुङ रहेका छन्।

घाइते विमान चालक रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल लगिएको छ । घाइते श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएको हाे।  हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङलाई भने मनाङ एयरकै हेलिकोप्टरबाट शिक्षण अस्पताल लगिएको सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले जानकारी दिए ।

बिहान ९ बजेर २० मिनेटमा रामेछापको लागि उड्न लागेको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुर्घट्ना भएको हो । विमानमा चालक सहचालक मात्र सवार रहेको विमानस्थल प्रमुख इमनाथ अधिकारीले जानकारी दिए।

प्रकाशित: १ वैशाख २०७६ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App