७ वैशाख २०८१ शुक्रबार
कला

क्यानभासमा राेशन विककाे मन्दिर काष्ठकला

काठमाडौं -  चित्रकार रोशन विकको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान (नाफा)का कुलपति केके कर्माचार्यले बिहीबार राजधानीको लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा ‘उडन रिफ्लेक्सन’ नामक वाटरकलर चित्रकला प्रदर्शनी शुभारम्भ गरे।

कुलपति कर्माचार्यले लिच्छविकालदेखि चर्चा पाएको काष्ठकलामा देखिने कलालाई वाटरकलामार्फत प्रस्तुत शैलीबाट आफु प्रभावित भएको बताए। ‘नेपालमा लिच्छविकालदेखि काष्ठकलाहरूले चर्चा पाइरहेका छन्। त्यही काष्ठकलालाई वाटरकलरमार्फत प्रस्तुत गर्नु चुनौतीपूर्ण हुन्छ’, उनले भने।

मठमन्दिरको ल्यान्डस्केप बनाउन गएको बेला म त्यसमा प्रयोग भएको बुट्टा र डिजाइनहरूबाट प्रभावित भएको थिएँ। त्यसलाई मैले वाटरकलरमार्फत प्रस्तुत गरेको हुँ।

प्रदर्शनीमा चित्रकार विकले सन् २०१३ देखि २०१९ सम्म बनाएका चित्रहरूमध्ये उत्कृष्ट १६ वटा चित्रहरू राखेका छन्। उनका कलामा धार्मिक मठमन्दिरको झ्याल, ढोका र टुँडालहरू हेर्न पाइन्छ। ‘मठमन्दिरको ल्यान्डस्केप बनाउन गएको बेला म त्यसमा प्रयोग भएको बुट्टा र डिजाइनहरूबाट प्रभावित भएको थिएँ। त्यसलाई मैले वाटरकलरमार्फत प्रस्तुत गरेको हुँ’, चित्रकार विकले भने, ‘मठमन्दिरका बुट्टाहरू तयार गर्न चाहिँ चुनौतीपूर्ण थियो।’

प्रदर्शनीमा समावेश पाटनको भीमसेन मन्दिरको टुँडालको चित्रकलामा उनले गणेशको आकृति तयार पारेका छन्। उनले गरुड, भैरव, अष्टमातृका र देवीको अवतारलाई विभिन्न रंगहरूको माध्यमले क्यानभासमा उतारेका छन्। प्रदर्शनीमा समावेश चित्रहरूको मूल्य चारदेखि ३० हजारसम्म छन्।

कार्यक्रममा बोल्दै एक कला समीक्षकले चित्रकार विकको चित्र अद्वितीय रहेको बताए। ‘चित्रकार विकले मन्दिरका देवीदेवतालाई चित्रमार्फत प्रस्तुत गरेका छन्। उनको यो काम साँच्चै अद्वितीय छ। उनले चित्रकलामा गाढा रङहरू प्रयोग गरेका छन्। यसभित्र शान्ति हुन्छ भन्ने भावलाई उनले महत्व दिएका छन्’, उनले भने,‘काष्ठकलालाई चित्रमार्फत देखाउन सहज छैन्। उनले काष्ठकलालाई सुन्दर शैलीमा क्यानभासमा उतारेका छन्।’

चित्रकार विकले अरूपण आर्ट ग्यालरीको सातौं वर्ष प्रवेशको अवसरमा आगामी दिनमा फरक शैलीका चित्रकलामा काम गर्ने कलाकारहरूलाई प्राथमिकता दिने बताए। विकको यो पहिलो चित्रकला प्रदर्शनी हो।

प्रकाशित: १ वैशाख २०७६ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App